

भारतको ७३ औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले निजगढ नगरपालिकालाई एम्बुलेन्स प्रदान गरेकोछ । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा बिहिबार आयोजित समारोहमा भारतीय राजदूत मञ्जीवसिंह पुरीले नगर प्रमुख सुरेस कुमार खनाललाई एम्बुलेन्स हस्तान्तरण गरेकाहुन् ।
नगर प्रमुख खनालले एम्बुलेन्स प्राप्त गरेसंगै भारतीय राजदुत पुरीप्रति नगरपालिकाको तर्फबाट कृतज्ञता व्यक्त गरेकाथिए । दुतावासले निजगढ नगरपालिका सहित बिभिन्न संघ सस्थाहरुलाई एम्बुलेन्स र स्कुल बस प्रदान गरेकोहो । राजदुत पुरीले कार्यक्रममा भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएकाथिए ।
सो सन्देशमा भारतले ७२ वर्षमा विभिन्न क्षेत्रबाट प्राप्त गरेको उपलब्धि उल्लेख गरिएकोछ । समारोहमा भारतीय दूतावासका कर्मचारीहरु,उनीहरुका परिवारलगायत नेपालमा रहेका भारतीय समूदायको सहभागिता रहेकोथियो ।
nsonlinekhabar.com





Write your Comment