प्रहरी जवान झुण्डिएको अवस्थामा फेला

रातोघर

 २०७६ भाद्र १, आईतबार  मा प्रकाशित
४३६ पाठक संख्या


काठमाडौं ।

महानगरीय प्रहरी बृत्त स्वयम्भुमा कार्यरत प्रहरी जवान झुण्डिएको अवस्थामा फेला परेका छन् ।

दार्चुला घर भएका प्रहरी जवान शंकर ठगुन्ना काठमाडौंको नागार्जुन नगरपालिका–३ ठूलोभ¥याङ क्षेत्रको एक घरमा मृत फेला परेका हुन् ।

उनी त्यहाँ आफ्नी प्रेमिकासँग बस्दै आएका बताइएको छ ।

शनिबार ड्युटी सकिएपछि प्रेमिकाको कोठामा पुगेका ठगुन्ना आइबार मृत फेला परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकारीले प्रारम्भिक अनुसन्धानबाट ठगुन्नाले आत्महत्या गरेको देखिएको छ ।

यद्यपि प्रहरीले भने घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

अहिले ठगुन्नाको शव पोस्र्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

khabarhub.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban