

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठनसम्बन्धी छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
आज पाँच बजे बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
पश्चिमा मुलुकहरुले संक्रमणकालीन न्यायका बारेमा गम्भीर चासो दिँदै आएका छन् । केही समय अघि मात्र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठनहरुले संयुक्त विज्ञप्ति निकाल्दै नेपाल द्वन्दपीडितलाई न्याय दिन असफल भएको निष्कर्श निकालेका थिए ।
आइतबार संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले एक साताभित्र समितिले दुवै आयोगका लागि पदाधिकारी सिफारिस गर्ने र सरकारले यथासक्य आयोग गठन गर्ने बताएका थिए ।
संसदमा सम्बोधन लगत्तै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, प्रचण्डसँग संसद भवन नयाँ बानेश्वरमै छलफल गरेका थिए । तीन नेताबीच मंगलबार सर्वदलीय बैठक बस्ने सहमति भएको थियो ।
shilapatra.com





Write your Comment