रवि लामिछानेका समर्थकले गरेको फोहोरका कारण भरतपुर दुर्गन्धित

रातोघर

 २०७६ भाद्र १०, मंगलबार  मा प्रकाशित
२७७ पाठक संख्या


भरतपुर ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका टेलिभिज कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरुले गरेको फोहोरका कारण चितवनको भरतपुरको वातावरण दुर्गन्धित बनेको छ ।

रविको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका समर्थकहरुले गरेको फोहोरका कारण यहाँको वातावरण दुर्गन्धित बनेको भरतपुरबासीको गुनासो छ ।

भरतपुरस्थित जिल्ला प्रहरी कार्यालयसँगै, जिल्ला अदालत अगाडिको सडकमा यत्रत्यत्र अवस्थामा फोहोर फालिएको स्थानीयले बताए ।

रवीका समर्थकहरुले केही ठाउँका सडकमा टायर बालेर समेत प्रदर्शन गरेका थिए । आन्दोलनका लागि बालिएको टायरको धूलो (खरानी)ले समेत सडक कुरुप बनेको स्थानीयले बताए ।

‘उनीहरु (रविका समर्थकहरु)ले पानीका बोत्तल, विभिन्न कागजलगायतका फोहोर सडकमै फालेर गएका छन्,’ भरतपुरका एक होटेल व्यवसायीले भने, ‘महानगरपालिकालाई पनि फोहोर उठाउन समस्या भएको छ । केही दिनका लागि यहाँको वातावरण दुर्गन्धित नै हुने जस्तो देखिन्छ ।

khabarhub.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban