प्रभु साहले अध्यक्षबाट दिएको राजीनामा अस्वीकृत

रातोघर

 २०७६ भाद्र १०, मंगलबार  मा प्रकाशित
२६४ पाठक संख्या


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का अध्यक्ष प्रभु साहले दिएको राजीनामा अस्वीकृत गरेको छ ।

काम गर्न असहज भएको भन्दै नेकपा प्रदेश २ का अध्यक्ष साहले गत साता अध्यक्ष प्रचण्डलाई भेटेर राजीनामा दिएका थिए ।

नेकपा सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गर्दै उनलाई काममा फर्किन निर्देशन दिएको हो । नेकपाले पार्टीको ध्यानाकर्षण भएको र उनले उठाएका विषयको उपयुक्त विधिबाट समाधान गरिने भन्दै कामम फर्किन निर्देशन दिएको हो ।

उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालका कारण रौतहटमै पार्टी एकीकरणको काम हुन नसकेको उल्लेख गरेका थिए ।

shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban