

काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले विकास र सामाजिक कार्यमा सरकारले युवालाई सहभागि गराउनुपर्ने बताएका छन् ।
नेपाल युवा संस्था सञ्जाल(आयोन)को चौथो राष्ट्र सामाजिक व्यापार चुनौती भेलालाई सम्बोधन गदै मन्त्री विष्ट विकासमा युवा सहभागि भयो भने अर्थतन्त्रमा ठुलो टेवा पुग्ने बताएका छन् ।
युवाका बारेमा पछिल्लो समय सरकार चिन्तनशिल भइरहेको र युवालाई आर्थिक पाटोसँग जोड विभिन्न कार्यक्रम ल्याइरहेको युवा परिषदका उपाध्यक्ष माधव ढुंगलले बताएका छन् । राजनीतिक गर्ने युवाले आर्थिक समृद्धिका लागि पनि काम गर्नुपर्ने उनको भनाइ थियो ।
आयोनले देशभरबाट विभिन्न क्षेत्रमा व्यवसायी चलाइरहेका युवालाई समान गदै गएको छ । आयोनका ४४ जिल्लामा ९२ जना युवा कार्यरत छन् । आयोनले युवा विकास र विकासमा सहभागिताका विषयमा बहस छलफल गदै आएको छ । युवा परिषद, किङ्स कलेजलगायत अन्य विभिन्न संघसंस्थासँग सहकार्य गरेर काम गदै आएको छ ।
khabarhub.com





Write your Comment