ने.रा.मा.बि. सिमराद्धारा नमुना कार्यक्रमका लागी अन्तरकृया

उत्कृष्ट शिक्षक, अभिभावक र बिद्यार्थीलाई नगदसहित सम्मान

रातोघर

 २०७६ भाद्र ११, बुधबार  मा प्रकाशित
५३५ पाठक संख्या


सिमरा ।

नेपाल सरकारबाट नमुना बिद्यालयको रुपमा घोषित सिमरास्थित श्री नेपाल राष्ट्रिय माबीमा नमुना बिद्यालय कार्यक्रम कार्यन्वयन अन्तर्गत बिद्यालयका भाबी रणनिती र सुधार गर्नुपर्ने पक्षबारे अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

गत बर्ष नमुना बिद्यालयका रुपमा घोषित यस बिद्यालय हाल नमुना कार्यक्रम कार्यान्वयनको अवस्थामा छ । सोही अभियान अन्तर्गत बिद्यालयले नमुना बिद्यालय निर्माणका लागी सवै पक्ष र सरोकारवालासंग सुझाव सहितको अन्तरकृया कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख डा. कृष्ण पौडेलले अब सबैका आ आफ्ना कमी कमजोरी हटाई नयाँ शिराबाट बिद्यालयलाई प्रगतीको बाटोमा लग्न आवस्यक रहेको धारण राखे ।

उनले जीतपुरसिमराको केन्द्रभागमा रहेको यस बिद्यालयले नमुना बिद्यालय निर्माणको काम शुरु गरेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा बिद्यालयको शैक्षिक सुधार कार्यक्रममा नगरपालीका साथमा रहेको जिकिर गरे ।
बिद्यालय परिषरमा आयोजना गरिएको कार्यक्रममा अभिभावक, ब्यवस्थापन समितीका सदस्य, पत्रकार, बिभिन्न राजनितिक दलका ब्यक्तित्व लगायतले बिद्यालयले गरेको प्रगतीको प्रशंसा गर्दै यसको गुणस्तर सुधारमा ध्यान पुर्याउनुपर्ने पक्षका बारेमा ध्यानाकर्षण गराएका थिए ।

उनिहरुले केही बर्षमै देशकै उत्कृष्ट बिद्यालयको रुपमा आफुलाई स्थापना गर्ने अभियानमा लागेको बिद्यालयलाई शुभकामना समेत ब्यक्त गरेका थिए ।

सोही अवसरमा बिद्यालयका प्रधानाध्यापक शंकर आचार्यले नमुना बिद्यालय निर्माण कार्यक्रम अन्तर्गत छिमेकी बिद्यालयहरुसँग छालफल भैरहेको, सबै कक्षा कोठाहरुमा ईन्टरनेट जडान गरिएको, सिसिटिभि र प्रोजेक्टर जडान कार्य सुरु गरिएको, नियमित रुपमा अभिभावकसँग छलफल र बिद्यार्थीहरुसँग परामर्श भैरहेको बताएका थिए ।


यता बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष राजेन्द्र गौतमले आगामी ५ बर्षमा बिद्यालयलाई प्रदेशमै उत्कृष्ट बनाउने प्रतिबद्धता ब्यक्त गरे । उनले सबैको साथ, सहयोग र मायाँ पाए निरन्तर बिद्यालयको शैक्षिक बिकासमा लाग्ने भन्दै बिद्यालयलाई कहिँ कतैबाट राजनैतिक दाउपेच साँध्ने अवसरका रुपमा नलिन आग्रह समेत गरे ।

उनले आफुँले अन्जानमा गरेका कमीकम्जोरी प्रति क्षमायाचना माग्दै आगामी दिनमा सबैको साथ र सहकार्यमा बिद्यालयको बिकासलाई अगाडी बढाउने बताए ।

यसैबिच,

कार्यक्रममा बिद्यालयमा कार्यरत उत्कृष्ट शिक्षक, उत्कृष्ट अँक ल्याउने बिद्यार्थी र अभिभावकलगाएतलाई बिद्यालयले नगद सहित सम्मान समेत गरेको छ । यस्तै जीतपुरसिमरा उपमहानगरपालीका, वडा नम्बर २ को कार्यालयले बिद्यालयका फुटबल खेलाडी बिद्यालयलाई जर्सी बितरण गरिएको छ । वडाका अध्यक्ष तिलक श्रेष्ठ सहित वडा सदस्य परिवारले संयुक्त रुपमा बिद्यार्थीलाई जर्सी हस्तान्तरण गरेका हुन् ।

अध्यक्षता एवं जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाईँ, नेकपा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष तिलक बहादुर श्रेष्ठ, नेकपाका प्रदेश सदस्य राजन पौडेल बिद्यालयका पूर्व अध्यक्ष नारायण पण्डितलगायतको उपस्थिती रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban