गढीमाई ट्रष्टमा सञ्चारकर्मी साहको उम्मेदवारी

रातोघर

 २०७६ भाद्र १५, आईतबार  मा प्रकाशित
३०९ पाठक संख्या


कलैया ।

बिश्व प्रसिद्ध धार्मिक, पर्यटकीय बाराको महागढीमाई नगरपालिका वरियारपुर स्थित गढीमाईको सञ्चालन समितिको चुनावमा युवा सञ्चारकर्मी अजय कुमार साहको उम्मेदवारी परेको छ ।

विश्व प्रसिद्ध गढिमाईको प्रचारप्रसारको अभावमा जुन रुपले विश्व सामु चिनिने हो त्यो हिसावले नभएको प्रति आफनो उम्मेदवारी परेको साहले बताए । आफुले विगतमा गढिमाई मन्दिर बारे कलम चलाउदै आएको र अगामी दिनमा निरन्तर कलम चलाउने प्रतिवद्धता व्यक्त गर्दै उनले गढीमाईको प्रचारप्रसारमा बिकासका लागि उम्मेदवारी दिएको बताए ।

अहिले सम्मको ईतिहासमा गढिमाईको ट्रष्टमा स्थानिय बरियारपुरवासी बाहेक कसैले उम्मेदवारी दिन सकेका थिएनन । बरियारपुर बाहेक सञ्चारकर्मी साह पहिलो उम्मेदवार हुन ।
उनको प्रस्तावकमा नेपाल पत्रकार महासंघका निर्वतमान उपाध्यक्ष राकेश पाण्डे र अर्का पत्रकार पन्नालाल दासको समर्थन रहेको छ ।

सञ्चारकर्मी साहको उम्मेदवारीले स्थानिय महिला सञ्जाल, नागरिक समाज, बुद्धिजिवि लगायतले प्रत्यक्ष र समाजिक सञ्जाल मार्फत बधाई समेत आईरहेको छ । अहिले साहको उम्मेदवारीले चर्चाको बिषय बनेको र सदस्यहरुले उनलाई मतदान गर्ने बताईरहेका छन् ।

सञ्चारकर्मी साह विगत एक दशक भन्दा बढि समय देखि सञ्चार क्षेत्रमा कार्यरत छन । अहिले उनी  एभिन्यु टेलिभिजन, राजधानी राष्ट्रिय दैनिक , वानखबर डटकममा बारा जिल्ला समाचारदाताको रुपमा कार्यरत रहेका छन् । नेपाल पत्रकार महासंघ बाराका सदस्य सहित महत्वपुर्ण जिम्मेवारी निर्वाह गरिसकेका उनी प्रदेश २ का जनप्रिय पत्रकार हुन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban