बाराको कोल्हबी ८ मा डेङ्गु रोकथामका लागी सचेतना

रातोघर

 २ आश्विन २०७६, बिहीबार २०:३१  मा प्रकाशित

कोल्हबी सम्बाददाता ।

बाराको कोल्हबी नगरापालीका ८ मा डेङ्गु रोग बिरुद्ध सचेतना कार्यक्रम आयोजना गरिएको छ । कोल्हबी नगरपालीका ८ का वडा अध्यक्ष सार्थक पौडेल सहित वडा सदस्यहरुको पहलमा डेङ्गु बिरुद्ध अभियान शुरु गरिएको छ ।

अभियान अन्तर्गत वडामा स्थानिय सामुदायिक बिद्यालयका बिद्यार्थी र शिक्षक शिक्षिका सहित स्थानिय समाजसेवीहरु सो अभियानमा लागेको छन् । अभियानलाई प्रहरीले समेत प्रहरी मेरो साथी अन्तर्गत साथ दिएका छन् ।

Write your Comment