बाराका युटुबर सन्तोष देउजा विरुद्ध पक्राउ पूर्जी जारी, प्रहरीद्वारा डेरामा खानतलासी

रातोघर

 २३ आश्विन २०७६, बिहीबार १४:४३  मा प्रकाशित

सिमरा ।

बाराको सिमरामा रहेर युटुबरका रुपमा सकृय सञ्चारकर्मी सन्तोष देउजा विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

विद्युतिय अपराध सम्बन्धि कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले युटुबर देउजालाई पक्राउ गरि कारवाही गर्न पक्राउ पूर्जी जारी गरेको हो । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोविन्द पुरीका अनुसार युटुबर देउजालाई प्रहरीले एकसातादेखि खोजि गरिरहेको छ ।

पर्साको ठोरी स्थायी घर भइ हाल जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा नरबस्तिमा डेरा गरि बस्ने देउजालाई पक्राउ गरि पठाउन नेपाल प्रहरीको विद्युतिय अपराध अनुसन्धान व्युरोले जिल्ला प्रहरी कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय पर्सा दुबैलाई पत्राचार गरेको प्रहरी नायब उपरिक्षक पुरीले जानकारी दिनुभयो । ‘हामिले खोजी गरिरहेका छौं, जहाँ भेटिनुहुन्छ हामि तुरुन्तै पक्राउ गर्छौ’ प्रहरी नायब उपरिक्षक पुरीले भने ।

प्रहरीको खोजी सूचिमा रहेका युटुबर देउजाको सिमरा स्थित डेरामा प्रहरीले जनप्रतिनिधिको रोहबरमा खानतलासी समेत गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका २ का जनप्रतिनिधि धनबहादुर श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीकी नेतृ गिता कँडेल लगायतको रोहबरमा ताला खोलेर इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले तीनदिन अघि खानतलासी गरेको हो । डेराको ताला खोलेर खानतलासी गर्नुको कारणबारे प्रहरीले केहि बताएको छैन ।

युटुबर देउजा विरुद्ध युटुब मार्फत मानिसको चरित्र हत्याको आरोप लागेको प्रहरी श्रोतले जनाएको छ । कपुरबोट मिडिया प्राली मार्फत कपुरबोट डटकम र कपुरबोट टिभी नामक युटुब च्यानल संचालन गर्दै आएका देउजा सिमरामा रहेको रेडियो समपर्णमा समेत आबद्ध छन् ।

साभार : हेडलाईन खबर डटकम

Write your Comment