सिन्धुपाल्चोकमा बस दुर्घटना : १० जना मृतकको सनाखत (नामावलीसहित)

रातोघर

 २४ आश्विन २०७६, शुक्रबार १५:१०  मा प्रकाशित

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको वडा नम्बर ९ सिपाटारबाट काठमाडौ आउँदै गरेको बस दुर्घटनामा मृत्यु भएका मध्ये १० जनाको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा बस चालक बनेपा निवासी केदार माझु, इन्द्रावती ९ का विनोद श्रेष्ठ, हिरा श्रेष्ठ, रितेश आचार्य इन्द्रावती १० र काभ्रे पाँचाखालकी संगीता पुर्कोेटी, जुनादेवी लम्साल, गणेश तामाङ, सुमित पुर्काेटी, सुवास अधिकारी र मिना मगरको सनाखत भएको छ । अब एक जनाको मात्रै सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने पाँच जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन । थर नखुलेकी सगीताको सनाखत भएको छ ।

इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाडौँ जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस बिहान साढे ९ बजे दुर्घटना भएको थियो । स्थानीयले जानकारी दिएका छन् । दुर्घटनामा ४० बढी यात्रुहरु घाइते भएका छन् । घाइतेको काभ्रेको धुलिखेल, शिर मेमोरीयल बनेपा, काठमाडौको ट्रमा सेन्टर, शिक्षण अस्पताल लगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

Write your Comment