ईटाभट्टामा जलेका मानिसको कथा

रातोघर

 ६ कार्तिक २०७६, बुधबार १५:१२  मा प्रकाशित

किशोर नेपाल

अहिलेको मौसम सांसदहरुकालागिअनुकूल देखिएको छैन । एकपछि अर्का सांसदहरु पुलिसको फन्दामा परेका छन । कृष्णबहादुर महरापछि पुलिसले निकै ठूलो माछा जालमापारेकोछ । रौतहटबाट संघीय संसदमाप्रतिनिधित्वगर्ने मोहम्मदआफताबआलमलाई असोज २६ गते पक्राउ गरेर थुनामा राखेकोछ । आफतावआलमनेपालीकांग्रेसका निर्वाचितसांसद हुन । कांग्रेसका केही नेताहरु उनलाई लोकप्रिय बताउँछन । तर, उनीबास्तबमा नै समाजमालोकप्रिय छन कि खलनायकका रुपमा चिनिन्छन ?यो अलगप्रश्नहो । उनीशक्तिशाली मानिन्छन ।उनको शक्तिको स्रोत नेपालीकांग्रेस पार्टी मात्रै होइन । आलमको राजनीतिआपराधिकशैलीको‘बाहुबली’हो । राजनीतिमायसप्रकारको शैलीको प्रयोग बर्जित छ । यस्तो बर्जना छँदाछँदै पनि नेपालमाबाहुबली राजनीतिहावीहुँदै गएकोछ

आफताबआलम रौतहट जिल्लाको राजपुर नगरपालिका – ४ मा २०६४ चैत २७ को घटनाका अभियुक्तका रुपमापक्राउ परेका हुन ।संबिधान सभानिर्वाचनको पूर्व सन्ध्यामाभएको त्यो घटना हृदयबिदारक थियो । त्यसबेलाआलमकाकार्यकर्ता चुनावलाई बाहुबल र हिंसाको आधारमा आलमको पक्षमाप्रभावितगर्न एउटा झोपडीमा बमबनाइ रहेका थिए । अचानक एउटा शक्तिशालीबम पड्कियो । बम बनाइ रहेकाकार्यकर्ता मारिए । घाइते भए । घाइतेहरुलाई पुलिसले समात्लाभन्ने भयमा रहेका आलमकाबाहुबलीहरुले ती घाइतेलाई बेहोसीको इन्जेक्सनदिए । त्यसपछि नजीकको ईंटाभट्टाको तातो भट्टीमाघाइते भएकातीजिउँदामानिसलाई फेंकीदिए । यो घटना भएको समयमा देशकाप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौलाथिए । त्यतिबेला यो त्रूmरतम घटनाको छानबीन भएन ।तत्कालीन सरकारले महान्यायाधिबक्ता र पुलिसलाई यो केस सामसुमपार्ने आदेश दियो । त्यहीआदेशकाआधारमा यो स्थापित भै सकेको नरहत्यालुक्यो ।

चौधबर्षपछि, नरहत्याको यो बिभत्स घटनामाथि अहिले फेरी छानबीन शुरु भएकोछ । स्वभावतः यो घटनाक्रमका दृश्यहरु जनताकाआँखामानाच्नथालेका छन । आलमलाई पक्राउ गरेपछि एकातिर सामान्यजनतामा अनुसन्धान र न्यायप्रति केही भरोसा जागेकोछ । अर्कोतिर, कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले आलममाथिआरोप र गिरफ्तारीको बिरोधमाबक्तब्य जारी गरेका छन । उनीहरुले आलमको गिरप्mतारी नेपालीकांग्रेसलाई बदनामगर्न सरकारी षडयन्त्र भनेकाछन । कांग्रेसलाई बदनामगर्न कम्युनिष्ट सरकार अघि बढछ भन्नु स्वाभाविक कुरा हो । तर, नरहत्याको विभत्स मुद्दामा प्रतिपक्षलाई मुछने हिम्मत कसैले गर्दैन । यो बक्तब्य सुनेपछि धेरैले सभापति देउवा र केन्द्रीय सदस्य सिटौलाको समझप्रतिदयाजागेको बताए । पत्रकारहरुले चौध बर्ष पुरानो घटनाको खाकाउतार्न ईटाभट्टाको भग्नाबशेष खोतलेर हत्याकाण्डको रहस्य सबिस्तार सार्वजनिक गरी रहेका छन । समाचारहरुले यो राजनीतिकहत्याथियो भन्ने स्थापितगरिसकेका छन । प्रमाण र प्रमेयहरुले आलमको हिस्रक चरित्र उजागर गरेकाछन ।

हालपक्राउ परेका महरादेखि आलमसम्मका सांसदहरुलाई सरकारले षडयन्त्र गरेर पक्राउ गरेको भन्नमिल्ने ठाउँ छैन । अघिल्ला सरकारहरुआफैले लुकाएर दबाएर राखेका यस्ता घटनाहरु सतहमाआउनु नेपाली समाजको हितमाभएको राम्रो कुरा हो ।दबाइएका अपराधको खुलाशाहुन सकेन भने यसले अरु अपराध गर्नेलाई प्रोत्साहितगर्दछ । यो तथ्यलाई बिर्सिन मिल्दैन । एउटा जिम्मेवार तथान्यायप्रेमी राजनीतिकदलका रुपमा नेपालीकांग्रेसले आफताबआलमसंग जतिसुकै प्रेमको सम्बन्धरहेको भएपनि त्यसबाट मुक्तभएर घटना भएकै बेला अपराधको निष्पक्षछानबीन गर्नु पर्दथ्यो । तत्कालीन सरकार यो घटना लुकाउन सक्रियभयो । अहिले आएर कांग्रेसका सभापति देउवाले बाह«बर्ष अधिको घटना उल्टाएर अहिले कारबाहीगर्न मिल्छ ?भनेरसारै अकिन्चनप्रश्न गरेकाछन । कांग्रेस सभापतिको पदमा बसेको ब्यक्तिले यतिनकच्चरो बक्तब्यबाजीनगरेकै बेस हुन्थ्यो । यो बक्तब्यबाजीपछि सबैभन्दा पछिल्लो बक्तब्यबाजीमा सभापति देउवाले आलम काण्डमा दवावमुक्त र स्वतन्त्र अनुसन्धानमा सहयोग पुर्याउने कुरा बताएकाछन । तर, उनले पुर्याउने सहयोगको त्यतिआबश्यकता अब रहँदैन होला ।

नेपालको राजनीतिलार्ई नियालेर हेर्ने हो भने यसमा अपराधिकरणको तत्वपहिलेदेखि नै प्रचूर रहेका छन । पन्चायतकालमान्यायको सम्पादन राजाको बिशेष जाहेरी बिभागबाट हुन्थ्यो भने त्यसपछिको समयमाबिभिन्न राजनीतिकदलकाप्रभावशाली नेताहरुको हातमान्यायको लगामथियो । केहीअपवादलाई छाडेर नेपालमाआफनो इन्टिग्रिटी जोगाएर कामगर्ने न्यायाधीशको पनि खडेरी नै रह्यो । दलहरु मिलेर बनाएको मिलिजुली सरकारले हरेक कुरामा राजनीति गर्यो । पार्टीका कार्यकर्ता वा नेताकाहरुवाचरुवाका रुपमाकाम गरी रहेका सेबकहरुलाई बिभिन्नपदमापदासीन गराउने चलनले नेपालको प्रशासनलाई तावेदारीतन्त्रको निरन्तरताका रुपमा स्थापित गरायो । राजनीतिको अपराधीकरणसंगै कार्यकारिणी र न्यायपालिकामात्यसको प्रभाव पर्यो । पुलिसले सुन तस्करलाई सघाउने त सानो कुरा भयो, ज्यानमारालाई जोगाउने सम्मकाकामभएको अहिले देखिएकोछ । नेपालको न्यायपध्दतिमाखोट छ । सरकार नियम र कानूनको तर्जुमा गर्दछ । आफैंत्यसको पालनागर्दैन । कार्यकारिणी, न्यायपालिका र ब्यबस्थापिका, कुनै पनि संस्थामापारदर्शिता छैन ।

तेत्तीस किलो सुनकाण्डमा होस अथवाआलमले ईंटाभट्टामा गरेको मानवदहनको केसमा, जनताअलिकतिपनि सूुूसूचित छैनन । सूचनाको पारदर्शिता सरकारमा भन्दा संगठित अपराधी समूहमा बढी देखिदै आएकोछ । बलियाले कानूनमिच्दै आएको यो देशमानिर्धाहरु प्रताडित हुनु नौलो कुरा होइन ।निश्चयपनि, यस्ताएकदुइ घटनाको रहस्योद्घाटन हुने बित्तिकै देशमाभएकाअन्यायहरुको अन्त्यहुने होइन । हाम्रो देशमायस्ताकामलाई राम्रो कामको ‘शुभारम्भ’भन्न सकिने अवस्थापनि छैन । राजनीतिमा दण्डहीनताले प्रोत्साहनपाइ राखेको छ । जबसम्म दण्डहीनतालाई राज्यले समाप्त गर्न सक्दैन, तबसम्मकानूनी राज्यको अवधारणा लागू हुन सक्दैन ।

आलमकाबिरुध्दअहिले जुनअभियोग लगाइएकोछ त्यसको परिणाम यस्तै आउँछ भन्न सकिदैन । यो ठूलो मुद्दा भएकोले यसमा राजनीतिक, न्यायिक र प्रशासनिकतीनै तहबाट भरपूर बार्गेनिङहुने सम्भावना रहेकोछ । यो मुद्दामा न्यायालय तटस्थबस्लाभन्न सकिदैन । अहिलको राजनीतिमा सरकार र न्यायालयको पचास–पचासको भागिदारी छ भनिन्छ । यो त्यतिकै चलेको गुमनामभनाइहोइन । अपराधीले दण्ड पाओस ।मर्ने त मरीहाले, उनीहरुप्रतिन्यायगर्ने त सोच नै छैन ।

Write your Comment