क्याम्पस अध्यक्षलाई कलोमोसो

रातोघर

 २२ कार्तिक २०७६, शुक्रबार १३:४१  मा प्रकाशित

शुक्रवार, कार्तिक २२, २०७६ ।

झापाको कनकाई बहुमुखी क्याम्पस सुरुङाका क्याम्पस सञ्चालक समिति अध्यक्ष प्रकाश चुडाललाई विद्यार्थीले कालोमोसो दलेका छन् । क्याम्पस प्राध्यापक संघका अध्यक्ष हरि तिम्सिनाको करार नविकरण नगरेपछि कनकाईमा बिबाद सुरु भएको थियो ।
विद्यार्थीले तिम्सिनाको पुनरबाहलीको माग गर्दै आन्दोलन गर्दै आएका छन् । बिहिबार बिहान बसेको क्याम्पस सञ्चालक समितिको बैठकले समस्या समाधन गर्न नसकेको भन्दै विद्यार्थीले कालो मसो दलेका छन् ।

विद्यालयका स्थायी शिक्षकसमेत रहेका तिम्सिनालाई क्याम्पसले करार नविकरण नगरेको कारण विवाद सुरु भएको क्याम्पस प्रमुख विकास उप्रेतीले बताए । क्याम्पसमा एडमिसन नै नभएका, ८ वर्ष अघि नै क्याम्पस छोडेका मानिससमेत क्याम्पसमा प्रवेश गरेर विद्यार्थीको नाममा आन्दोलन गर्दै आएको प्रमुख उप्रेतीको भनाई छ । तिम्सिनाले क्याम्पस प्रशासनको नियम नमानेको, विद्यार्थीलाई भड्काएको कारणलेसमेत करार नविकरण नगरेको क्याम्पस प्रशासनको भनाई छ ।
कालो मसो दल्नेमा कनकाई नगरपालिका –४का वडासदस्य रोशन सुवेदीसमेत रहेको स्रोतले बताएको छ । उनीसँगै विद्यार्थी नेता नविन राई, उत्सव वाँस्तोला, रविन गुप्ता, गोपी चापागाईँ, ऋषिराम पोखरेल, भिष्म पौडेल, नारायण पोखरेलको नाममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको स्रोतले जनाएको छ । आन्दोलनका कारण केही दिनदेखि क्याम्पसको पठनपाठन ठप्प छ ।

-karobardaily

Write your Comment