सिरहाबाट दुई थान स्वचालित पेस्तोलसहित मियाँ पक्राउ

रातोघर

 ६ मंसिर २०७६, शुक्रबार ११:१९  मा प्रकाशित

 सिरहा
सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर -२ स्थित चतरीबाट स्वचालित पेस्तोलसहित एक युवकलाइ प्रहरीले आज पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका वडा नम्बर – ३ स्थित इटारीका २१ वर्षीय अहमद मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी अपिल राज बोहराले जानकारी जानकारी दिनु भयो ।
शंकास्पद रूपमा हिंडिरहेका मियालाइ चेकजाँच गर्दा मेड इन युएसए लेखिएको सेवेन एमएमको पेस्तोल एक थान र मियाले प्रहरीलाई देखेर धान खेतमा फालेको युएसए नाइन एमएमको स्वचालित पेस्तोल एक थानसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी बोहराले बताए।
दुई थान स्वचालित पेस्तोल र दुई थान म्यागजिनसहित पक्राउ परेका मियालाइ आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कर्यालयमा राखिएको बोहराले बताए ।

Write your Comment