छिमेकी दाइले गरे बहिनीको बलात्कार, उजुरी नगर्न भन्दै १० लाखको प्रलोभन

रातोघर

 २०७६ मंसिर ७, शनिबार  मा प्रकाशित
५९४ पाठक संख्या


 रमेश तिमलसिना, रौतहट 

रौतहटको फतुवा बिजयपुर नगरपालिका वाड नंं १ बस्ने सितलपुर बैरगनिया निवासी २५ बर्षिय अर्जुन दासले सोही गाउको काकाको १३ बर्षिय छोरीलाइ बलत्कार गरेको स्थानियले बताएका छन ।

दासले बिहिबार सांझ घर नजिकैको उखुबारीमा लगेर बलात्कार गरेको स्थानीयले बताए । बलात्कार गर्ने अर्जुन दास फरार रहेको र पिडित बालिकालाई चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा स्वास्थ्य परिण गरिएको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले बताएका छन । सो बिषयमा थप अनुसन्धान भईरहेको उनले बताए । सांझ आफ्नो बारीमा तरकारी लिन जादै गरेकी बालिकालाई दाजु पर्ने दासले तरकारी बारी नजिकै रहेको उखुबारीमा लगेर जबरजस्ती गरिरहेका बेला खेतमै रहेका बालिकाका बाबुले देखेर हार गुहार गरेपछि अन्य गाउंले समेत सो स्थानमा आएको स्थानीय बिलास दासले बताए ।

घटना मिलाउनका लागि बलात्कार गर्ने केटाका पक्षले बालिकाको लागि बिवाह खर्च वापत १० लाख दिने र बालिका पक्षले ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तीयामा दिएको किटानी जाहेरी फिर्ता लिनका लागि दवाब आएको पिडित परिवारको भनाइ छ । बलात्कार र गरेर फरार रहेका अर्जुन दासका दुई वटी छोरी र श्रीमती रहेको र घटना मिलाउनका लागि दासका बाबु सहित स्थानीय लागि परेको पिडित परिवारले बताएको छ । बलात्कृत बालिकाको परिवार भन्दा बलात्कार गर्नेको परिवार धनी रहेका कारण समेत उनीहरुलाई आर्थिक प्रलोभन दिएर घटना मिलाउने प्रयास भएको स्थानीय दिपलाल दासले बताए । हाडनातामा जबरजस्ती बलात्कार गरेर फरार रहेका दासलाई खोज्नका लागि प्रहरीले सक्रियता नदेखाएको स्थानियको गुनासो छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban