१३ लाखसहित दुई जना हुण्डी कारोवारी पक्राउ

रातोघर

 १३ मंसिर २०७६, शुक्रबार १२:०३  मा प्रकाशित

सिरहा । हुण्डी करोवारका लागि भारतबाट नेपाली रुपैयाँ १३ लाख बोकेर आउँदै गरेका एक नेपाली र एक भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको मधुवनी जिल्ला लौकाहाबाट लुकाइ छिपाइ ल्याउँदै गरेको १३ लाख नेपाली रुपैयाँसहित एक नेपाली र एक भारतीय नागरिकलाई प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर- ४ स्थित ठाडि- भगवानपुर सडक पक्राउ गरेको हो ।

भारतको लौकाहा बाट आउँदै गरेको बी आर ३२ एच ०३३५ नम्बरको मोटरसाइकललाई रोकि चेकजाच गर्ने क्रममा झा र यादवले भारत बाट लुकाइछिपाइ ल्याइएको १३ लाख नेपाली रुपैयाँसहित सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर-४ स्थित जमुवाटोलका २६ वर्षीय राम संकर यादव र भारत बिहार मधुबनि जिल्ला लोकहा का २८ वर्षीय अशोक कुमार झालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी भेष राज रिजालले जानकारी दिए ।

पक्राउ परेको यादव र झा व्यवसायीक हुण्डी करोवारी हुन् । लामो समयदेखि लौकाहाका व्यपारीसँग मिलेर हुण्डी कारोवार गर्ने गरेको पाइएको प्रहरी स्रोतको दावी छ ।

Rajdhanidaily.com

Write your Comment