आज रामजानकीको बिबाह,विहानैदेखि जनकपुरको जानकी मन्दिरमा भीड

रातोघर

 १५ मंसिर २०७६, आईतवार १०:३३  मा प्रकाशित

जनकपुरधाम, राम जानकी विवाह पञ्चमीको अवसरमा आज विहानैदेखि जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा भीड लागेको छ । जनकपुरको गंगा सागर र धनुष सागरमा नुहाई भतmजनहरुले जानकी मन्दिरमा राम जानकीको पुजा अर्चना गरि रहेका छन ।
विवाह पञ्चमीका दिन भगवान राम र जानकीको निष्ठा पूर्वक पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ ।

विवाह पञ्चमीमा सहभागी हुन नेपाल भारतका अतिरितm तेस्रो देशवाट पनि ठूलो संख्यामा भतmजन जनकपुर आएका छन् ।

राम जानकी विवाह पञ्चमी अन्र्तगत आज वैवाहिक कार्यक्रम हुने छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोश दास वैष्णवका अनुसार पहिला रंगभूमि मैदानमा राम जानकीको स्वयंवर हुने छ र त्यस पछि राती जानकी मन्दिरको प्राङ्गणमा वैदिक रुपमा वैवाहिक कार्यक्रम हुने छ ।

ती दुवै कार्यक्रमको जनकपुरमा विशेष तैयारी भई रहेको छ । आज जनकपुरको जानकी मन्दिरबाट शोभा यात्रा पनि निकालिने छ । सो शोभा यात्रामा नेपाल र भारतक साधु संतहरु का साथै ठूलो संख्यामा भतmजनहरु सहभागीहुने छन ।
सातदिवसीय राम जानकी महोत्सव कार्यक्रम अन्र्तगत जनकपुर दर्शन, फुलवारी लीला, धनुष यज्ञ र मटकोर कार्यक्रम सम्पन्न भएको छ । आज वैवाहिक कार्यक्रम हुनेछ भने भोली राम कलेवा हुनेछ ।

त्रेता युगमा भगवान राम र सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष धुमधामका साथ विवाह पञ्चमी महोत्सव जनकपुरमा मनाइने गरिन्छ ।
विवाहपञ्चमीको अवसरमा जनकपुरधामकोठाउँ ठाउँमा निःशुल्क भोजन, जलपान,चिया,पानी वितरण गर्नुका साथै ठाउँ ठाउँमा स्वास्थ्य शिविरहरु लगाइएको छ /

rajdhanidaily.com

Write your Comment