रगत ल्याउछु भन्दै हिँडेका श्रीमान बेपत्ता, श्रीमतीको निधन

रातोघर

 २०७६ मंसिर १६, सोमबार  मा प्रकाशित
२३७ पाठक संख्या


गाइघाट । आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएपछि बेपत्ता छन् ।

जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला अस्पताल बोक्से लगेका थिए । श्रीमतीको रगतमा हेमोग्लोबिन कम भई प्रसूति गराउन खतरा रहेकाले जिल्ला बाहिर लान अथवा छिटो रगत लिएर आउन चिकित्सकले सल्लाह दिएपछि खर्च खोज्न हिँडेका बुढाथोकी अझैसम्म नआएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा विजय मेहताले बताए ।

बुढाथोकी र निजका आफन्तको खोजीमा प्रहरी र अस्पतालका सबै कर्मचारी लागेको अस्पतालका कर्मचारी बताउँछन् । आइतबार बेलुकी मात्र मृतक खोटाङ जिल्ला दिक्तेल मझुवागढी रुपाकोट नगरपालिका दिक्तेलका टङ्कप्रसाद आचार्यकी छोरी भएको खुलेको छ ।

गाईघाट डिएम गेटका कृष्ण राईका अनुसार अनुसार सो दम्पती त्रियुगा नगरपालिका १२ डिएमगेटको एक घरमा डेरा लिएर बस्दै आएको थियो । भागी बिहे गरेको र श्रीमानले श्रीमतीलाई कोठामा राखेर श्रीमान् अन्यत्र बस्ने गरेका कारण स्थानीय छिमेकीले समेत दुवैका बारेमा राम्ररी जानकारी नभएको बताउँछन् ।

नाम थर ठेगानासमेत लुकाएर दुवै गाईघाट बस्दै आएका थिए । प्रेम बुढाथोकी बताउनेले आफ्नो नाम थर र ठेगाना ढाँट्ने गरेका कारण सबै कुरा खुल्न नसकेको डिएमगेटका बासिन्दाको भनाइ छ । मृतक सुस्मिता भनिने सुष्मा आचार्य भने टङ्प्रसादकी छोरी भएको खुल्न आएको कारण उनका बुबालाई खबर गरेर बोलाइएको जिल्ला अस्पतालका प्रमुख डा मेहताले बताए । रासस

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban