सवारी दुर्घटनामा घाईते चालकलाई चालक समाजको आर्थीक सहयोग http://www.ratoghar.com/2019/12/02/6375/

रातोघर

 १६ मंसिर २०७६, सोमबार ११:१९  मा प्रकाशित
४२२ पाठक संख्या



हेटौँडा : सवारी दुर्घटनामा परि खुट्टा गुमाएका एक बिपन्न चालकलाई सवारी चालकहरुकै समुहले आर्थीक सहयोग गरेको छ ।
आफैले चलाएको ट्रक दुर्घटना हुँदा दाहिने खुट्टा गुमाएका मकवानपुरको हेटौँडा उपमहानगरपालिका १० निउरेनीका बिक्रम मगरलाई सवारी चालक समाज नेपाल धादिङले सहयोग गरेको हो ।
समाजका अध्यक्ष नारायण पन्तको अगुवाईमा आईतबार हेटौँडा पुगेका चालकहरुले समुहका सदस्यहरुबाटै संकलन गरेको एक लाख ३८ हजार रुपयाँ सहयोग गरेका हुन् ।

दुर्घटनापछी ग्राण्डी अस्पताल काठमाण्डौमा उपचार गराएर हालै डिस्चार्ज भएका मगरलाई १ लाख ३८ हजार तिन सय ८३ रुपयाँ नगद सहयोग गरिएको समाजका अध्यक्ष पन्तले बताए । ‘शारिरिक पिडामा परेका उनलाई आर्थिक पिडा नथपियोस भन्ने उद्देश्यले सहयोग संकलन गरि हस्तान्तरण गरेका हौँ ।’  पन्तले भने ।
रकम हस्तान्तरण गर्न पन्तसँगै समाजको पूव शाखाका अध्यक्ष प्रकाश लुंगेली मगर र सदस्यहरु प्रेम कुमार बानिया, किशोर अधिकारी, प्रकास भुजेल ्आईतबार हेटौँडा आएका हुन् ।

Write your Comment