लागुऔषधबाट मुक्त भएको खुसियाली

रातोघर

 २०७६ मंसिर १९, बिहिबार  मा प्रकाशित
४४६ पाठक संख्या


सिमरा : लागु औषधको नशाबाट मुक्त भएको खुसियालीमा पूर्व लागुऔषधकर्ताले नयाँ जिवनस्वरुप उत्सव मनाएका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ईरशाद खानले आफु नशाबाट मुक्त भई नयाँ जिवन सुरु गरेको १० बर्ष पुगेको भन्दै सिमरास्थित नयाँ गोरेटो पुर्नस्थापना केन्द्रमा एक कार्यक्रम गरि उत्सव मनाएका हुन् ।

नयाँ गोरेटो पुर्नस्थापना केन्द्रकै कारण मृत्युको मुखबाट जोगिन सफल भएको खानले बताए ।

आफुलाई नयाँ जिवन दिने संस्थामा १० बर्षपछी पनि खुसियाली बाँड्ने अवसर मिलेको भन्दै उनले सबैलाई धन्यबाद समेत दिए ।

कार्यक्रममा नयाँ गोरेटोका अध्यक्ष राजकुमार लामा, सक्षम नेपाल काठमाण्डौका संचालक तेज सम्शेर राणा, नीता फाउन्डेशन ब्लक बी. का आयुष भुजेल, बिधार्थी जागरण मञ्चका मिथलेश महत्तो, ध्रुव क्षेत्री लगायत केन्द्रमा हाल उपचाररत लागुऔषध सेवनकर्ताहरु सहभागी भएका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban