शिक्षक महासंघलाई चाहियो ‘शिक्षक अस्पताल’

रातोघर

 २०७६ मंसिर १९, बिहिबार  मा प्रकाशित
५०८ पाठक संख्या


काठमाडौं : नेपाल शिक्षक महासंघले ‘शिक्षक अस्पताल’ को छुट्टै व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

नेपाल शिक्षक महासंघ, राष्ट्रिय कार्य समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षक अस्पतालको छुट्टै व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

आर्मी अस्पताल, नागरिक अस्पताल भएजस्तै शिक्षकहरुको पनि छुट्टै अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गरिएको महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिएका छन्।

महासंघले शिक्षकहरुको दरबन्दी मिलान, उनीहरुलाई निजामती कर्मचारीहरुको भन्दा बढि सेवा, सुविधासहितको तलवको व्यवस्था गर्न पनि सरकारलाई दबाब दिएको छ ।

शिक्षण पेशालाई मर्यादित बनाउन पनि सरकारले उनीहरुको सेवा, सुविधा वृद्धिमा विशेष व्यवस्था गर्नुपर्ने माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दवाव दिइएको महासंघका अध्यक्ष थापाले बताएका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban