तेस्रो बारा महोत्सवमा आज ज्योती मगर आउने

रातोघर

 २०७६ मंसिर २१, शनिबार  मा प्रकाशित
११६५ पाठक संख्या


बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा जारी तेस्रो बारा महोत्सव २०७६ मा आज नेपालकी चर्चित गायिका ज्योति मगर आउने भएकी छिन् । एस फाउण्डेशन अफ नेपालको आयोजनामा औराहामा भईरहेको महोत्सवमा तेस्रो दिन आज आफ्नो प्रस्तुती देखाउन गायिका मगर औराहा आउने भएकी हुन् ।
मंसिर १९ गतेदेखि शुरु भएको महोत्सवमा हिजो गायिका भुमिका गिरि लगायतले आफ्नो प्रस्तुती देखाएका थिए । महोत्सवमा भोलि गायक कमल खत्रीले आफ्नो प्रस्तुती देखाउने कलाकार संयोनक विकास पाण्डेले जानकारी दिनुभएको छ । महोत्सवमा एक सयभन्दा बढि स्टल राखिएको छ ।
द लिड इन्टरटेन्टमेन्ट एण्ड एडभरटाईजि¨ संगको सहकार्यमा भईरहेको महोत्सवमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालय मुख्य सहयोगी संस्थाको रुपमा रहेको छ । साथै महोत्सवमा हास्यकलाकार गणेश के.सी, सुशिल पौडेल, सनिस सुनार, ईश्वर पुडाशैनी लगायतले पनि आफ्नो प्रस्तुती देखाउने संयोजक पाण्डेले जानकारी दिनुभयो ।
महोत्सव २९ गतेसम्म चल्नेछ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban