निजगढमा विमानस्थल बन्छ, सर्वोच्चले बुझ्न मात्र खोजेको हो : पर्यटन मन्त्री भट्टराई

रातोघर

 २०७६ मंसिर २२, आईतबार  मा प्रकाशित
४५० पाठक संख्या


काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा सर्वोच्च अदालतको अन्तरिम आदेशबाट आत्तिनुनपर्ने बताउनुभएको छ ।

निजगढको बारेमा सर्वोच्च स्पष्ट हुन खोजेकाले विमानस्थल निर्माणै नगर भनेजसरी आत्तिन नहुने मन्त्री भट्टराईको भनाइ छ । नयाँ हवाई नीतिका लागि भएको छलफलमा मन्त्री भट्टराईले भन्नुभयो, ‘त्यहाँ २५ लाख रुख काट्ने भनेर हल्ला गरियो, जैविक विविधता मासिन्छ भन्ने हल्ला भयो, त्यसैले सर्वोच्चले सत्य तथ्य बुझन खोजेको हो ।’

निजगढ विमानस्थलको अर्को विकल्प नभएकाले यसमा आउने विवादलाई समाधान गरेरै अघि बढ्ने उहाँको भनाइ छ । बरु सर्वोच्चमा राम्रोसँग यो विषयमा बहस गर्न वकिलहरुले तयारी गर्नुपर्ने पनि मन्त्री भट्टराईले बताउनुभयो ।

अनुमति पाएमा आफै सर्वोच्चमा बहस गर्न तयार छु’

पर्यटन मन्त्री योगेश भट्टराईले सर्वोच्च अदालतले निजगढको बारेमा बुझ्न खोजेकाले अनुमति पाएमा आफू नै अदालत गएर बहस गर्ने बताउनुभयो । ‘सर्वोच्च क्लियर हुन खोजेको हो, अनुमति मिले निजगढ विमानस्थलको सन्दर्भमा सर्वोच्च अदालतमा बहसका लागि आफै जान्छु नि’, मन्त्री भट्टराईले भन्नुभयो, ‘यो आयोजना राष्ट्रिय महत्त्व र देशको भविष्यसँग जोडिएको छ, प्रस्ट हुन जरुरी छ ।’

उहाँले निजगढ विमानस्थल निर्माणबारे बाहिर फैलाइएका अफवाह हटाउनु आवश्यक रहेको पनि बताउनुभयो । सर्वोच्चले छलफलमा बोलाएकोले फिल्डमा जान नमिल्ने तर आयोजनाको पूर्व तयारीका काम नरोकिने उहाँको भनाइ छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban