तेस्रो बारा महोत्सव : आज प्रमोद खरेलको प्रस्तुती, अरु को को आउदैछन् ?

रातोघर

 २०७६ मंसिर २३, सोमबार  मा प्रकाशित
५४० पाठक संख्या


सिमरा,बारा

नेपालका चर्चित गायक प्रमोद खरेल आज बाराको सिमरा आउने भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा जारी तेस्रो बारा महोत्सव २०७६ मा आफ्नो प्रस्तुती देखाउन गायक खरेल आज सिमरा आउन लागेका हुन् ।

द भ्वाईस अफ नेपालका कोचसमेत रहेका खरेल द भ्वाईसको नतिजापछि पहिलो पटक सिमरा आउन लागेका हुन् । युवापुस्तामाझ निकै लोकप्रिय गायक खरेलले आज आफ्नो प्रस्तुती देखाउने आयोजक मुल समारोह समितिका कलाकार सह–संयोजक नविन खड्काले जानकारी दिनुभयो ।

खरेलको साथमा आज चर्चित भोजपुरी गायक सुनिल पण्डित, गायक देवेन्द्र कार्की, गायिका अस्मिता ढकाल लगायत स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने खड्काले बताउनुभयो । एस फाउण्डेशन अफ नेपालको आयोजनामा औराहामा भईरहेको महोत्सवको पाचौ दिन आजै डान्स कम्पिटिसन र फेशन शो कार्यक्रमपनि संगै हुने बुझिएको छ ।

मंसिर १९ गतेदेखि शुरु भएको महोत्सवमा हिजो गायक कमल खत्री, गायक ढाकाराम पौडेल, हास्यकलाकार गणेश के.सी लगायतले आफ्नो प्रस्तुती देखाएका थिए । द लिड इन्टरटेन्टमेन्ट एण्ड एडभरटाईजि¨ संगको सहकार्यमा भईरहेको महोत्सवमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालय मुख्य सहयोगी संस्थाको रुपमा रहेको छ ।

महोत्सव २९ गतेसम्म चल्नेछ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban