

बिगत लामो समयदेखि सांगितिक क्षेत्रमा आफ्नो नाम उचाईमा राख्न सफल नेपालकी चर्चित गायिका मेलिना राई आज बारा महोत्सवमा आउने भएकी छिन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा जारी तेस्रो बारा महोत्सव २०७६ को छैठौ दिन आफ्नो प्रस्तुती देखाउन गायिका राई औराह आउने भएकी हुन् ।
देशका बिभिन्न जिल्लामा हुने मेला महोत्सव प्रायः नजाने गरेकी राई आफ्नो प्रस्तुती देखाउन पहिलो पटक यहा“ आउन लागेकी हुन् । मेलिना राईका प्रायः सबै गितहरु दर्शक तथा स्रोताले रुचाएका छन् ।
गायिका राईको साथमा गायक तम्पशेर राई, देवेन्द्र कार्की लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने द लिड ईन्टरटेनमेन्ट एण्ड एडभटाईजि¨का अध्यक्ष बिमल खड्गीले जानकारी दिनुभयो । एस फाउण्डेशन अफ नेपालको आयोजनामा औराहामा भईरहेको महोत्सवको छैठौ दिन आज सिंगि¨ आईडलपनि हुने अध्यक्ष खड्गीले जानकारी दिनुभयो ।
यसअघि हिजो महोत्सवमा गायक प्रमोद खरेल, गायक सुनिल पण्डित, कलाकार प्रभात लामा लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए । द लिड इन्टरटेन्टमेन्ट एण्ड एडभरटाईजि¨ संगको सहकार्यमा भईरहेको महोत्सवमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालय मुख्य सहयोगी संस्थाको रुपमा रहेको छ ।
महोत्सव २९ गतेसम्म चल्नेछ ।





Write your Comment