युएईको अलऐन शहरमा कोच सांगीतिक कार्यक्रम हुँदै

रातोघर

 २४ मंसिर २०७६, मंगलवार १९:००  मा प्रकाशित

बिबेक न्यौपाने, अलऐन,

कोच प्रवासी समाज युएईद्वारा अलऐनमा भव्य सांगीतिक हुने भएको छ । आफ्नो भाषा, संस्कृतिको जगेर्ना गर्ने उदेश्यले कोच सांगीतिक कार्यक्रम-२०१९ आयोजना गर्न लागेको आयोजक कोच प्रवासी समाज युएईका अध्यक्ष योगेन्द्र राजवंशीले बताएका छन् ।

आगामी २० डिसेम्बरमा हुन लागेको यस कार्यक्रममा नेपालबाट युवा गायक बलराम राजवंशीको उपस्थिति रहने कोच प्रवासी समाज युएईले जनाएको छ । कोच समुदायमा लोकप्रिय गायकको रूपमा प्रसिद्ध बलरामले उक्त कार्यक्रममा आधुनिक साथै आफ्नो समुदायका सुपरहिट सुमधुर गीतहरु गाउने बताइएको छ ।

यो कार्यक्रमलाई अलऐन क्षेत्रमा रहेका क्रियाशिल संस्था एनआरएनए, अलऐन र झापाली समाज लगायत आठ वटा समाजको प्रत्यक्ष सहयोग रहने एनआरएनए आरसीसी अलएनका अध्यक्ष उज्ज्वल दाहालले बताएका छन् ।
कोच सांगितिक कार्यक्रम- २०१९’ को आयोजनालाई झापाली समाजले पुर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता गरेको समाजका अलएन संयोजक सरस्वती बास्तोलाले जानकारी दिएकी छन् ।
वैदेशिक रोजगारीको क्रममा युएईमै कार्यरत नेपाली कलाकारहरु प्रशान्त ताजपुरिया, उज्वल दाहाल, गोरांगो राजबंशी, सुजन राजवंशी,शान्ति तामाङ, पुजा रेग्मी, निर्मला वाइबा साथमा अन्य कलाकार हरुको बेजोड प्रस्तुति रहने आयोजकले बताएका छन् ।

कोच  सांगितिक कार्यक्रमको मिडिया पार्टनर रातो घर डट कम,हाम्रो दमक र अन्जुली अनलाइन रहेको छ।

Write your Comment