तेस्रो बारा महोत्सवमा आज कमला घिमिरे र मिस्टर डि आउने

रातोघर

 २०७६ मंसिर २७, शुक्रबार  मा प्रकाशित
१७७४ पाठक संख्या


पछिल्लो समय सामाजिक सञ्जाल युट्युबमा निकै नै भाईरल बनेकी बाल गायिका कमला घिमिरे आज बारा आउने भएकी छिन् । बाराको जीतपुुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा जारी तेस्रो बारा महोत्सव २०७६ मा आफ्नो प्रस्तुती देखाउन बाल गाियका घिमिरे आज बारा आउने भएकी हुन् ।

लोक भाकामा सबैसंग दोहोरी गर्न सक्ने क्षमता भएकी घिमिरे पहिलो पटक बारा आउन लागेकी हुन् । घिमिरेले अहिलेसम्म २ वटा गितमा स्वर दिईसकेकी छिन् । बाल गायिका घिमिरेको साथमा नेपालका चर्चित र्यापर मिस्टर डिले पनि आजै बारा महोत्सवमा आफ्नो प्रस्तुती देखाउने भएका छन् ।

कमला घिमिरे

युवा पुस्तामाझ निकै नै लोकप्रिय र्यापर मिस्टर डिले धेरै जसो नेपालको समसामाायिक विषयमा गित गायका छन् । एस फाउण्डेशन अफ नेपालको आयोजनामा जारी महोत्सवको नवौ दिन घिमिरे र मिस्टर डिको साथमा गायक ढाकाराम पौडेल, विकास पाण्डे लगायतका स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाउने एस फाउण्डेशन अफ नेपालका अध्यक्ष बिमल खड्गीले जानकारी दिनुभयो ।

महोत्सवको आठौ दिन हिजो गायिका बिन्दु परियारले आफ्नो प्रस्तुती देखाएकी थिईन् । द लिड इन्टरटेन्टमेन्ट एण्ड एडभरटाईजि¨ संगको सहकार्यमा भईरहेको महोत्सवमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालय मुख्य सहयोगी संस्थाको रुपमा रहेको छ ।

महोत्सव २९ गतेसम्म चल्नेछ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban