गढीमाईको भेटी १६ लाख

रातोघर

 २०७६ पौष ४, शुक्रबार  मा प्रकाशित
२६४ पाठक संख्या


बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा चढेको भेटी गनिएको छ । भेटीमध्ये कागजको सबै रुपैयाँ सोमबारसम्म गनिएको स्थानीय बिजय स्वर्णकारले साझेदारी दैनिकलाई बताए । एक साता लगाएर सो रकम गनिएको हो । यसरी गनिएको रकम १६ लाख ७० हजार आठसय ६० रुपैयाँ रहेको छ । यसको ४५ प्रतिशत रकम पुजारीलाई दिइएको छ । सात लाख ५१ हजार रुपैयाँ पुजारीलाई दिइएको हो ।

मंगल चौधरीले सो रकम बुझेर लगेको उनले जनाए । ११ वटा दान पेटीका बाकसमा चढेको भारतीय र नेपाली रुपैयाँ यसरी गनिएको हो । अझ गढीमाईमा चढेको सिक्का भने गनिएको छैन । सिक्काहरुलाई बाल्टिनमा भरेर भाग लगाइने छ । गढीमाईमा चढेको सिक्का एक लाख भन्दा बढी हुन सक्ने स्वर्णकारले अनुमान गरे । भेटी गन्दा सिसिटिभि क्यामराको समेत प्रयोग गर्नु परेको थियो । पूजारीबाहेक रहेको सो भेटी पञ्चवर्षीय गढीमाई मेला मूल समितिको खातामा जम्मा हुने जनाइएको छ ।

यसैविच मंसिर १ गतेदेखी लागेको पञ्चवर्षीय गढीमाई मेला सोमबार सम्पन्न भएको छ । एक महिने लामो मेला सम्पन्न भएको हो । एक महिने लामो मेलामा झण्डै एक करोड मानिसले सहभागिता जनाएको अनुमान छ । मेलामा मंसिर १७ गते राँगा बली र १८ गते बोका बली रहेको थियो । पाडाको टाउको गनेकोमा तीन हजार पाँच सय टाउको रहेको मेला मूल ब्यवस्थापन समितिका महासचिव मोतिलाल कुशवाहाले बताए । अन्य स्थानीय भने गढीमाईमा ११ हजार भन्दा बढी पाडा बली चढेको अनुमान गर्छन् ।

यसैगरु तीनलाख भन्दा बढी बोकाको बली भएको अनुमान छ । लाखौं परेवाहरु उडाइएको भएपनि संरक्षणको अभावमा परेवाहरु पातलिदै गएकाछन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban