चावहिल तनावग्रस्तः छात्रालाई ठक्कर दिने गाडी विद्यार्थीले जलाए

रातोघर

 २०७६ पौष ७, सोमबार  मा प्रकाशित
३३७ पाठक संख्या


काठमाडौं

पशुपति क्याम्पसमा अध्ययनरत एक छात्रालाई गाडीले ठक्कर दिएर भाग्न खोजेपछि चावहिल क्षेत्र तनावग्रस्त बनेको छ ।

बा ७ ख ५९३० नम्बरको गाडीले बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई आज (सोमबार) बिहान सुकेधारामा ठक्कर दिएको थियो । उनको अवस्था गम्भीर छ ।

सृष्टिलाई ठक्कर दिएर भाग्न खोजेको गाडीमा विद्यार्थीले आगजनी र तोडफोडसमेत गरेका छन्। ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

विद्यार्थीले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा ३ ख ४४३३ नम्बरको बसमा तोडफोड गरेका प्रहरीले जनाएको छ।

प्रहरी र विद्यार्थीबीच केहीबेर झडप समेत भएको थियो । अहिले पनि चावहिल क्षेत्रको अवस्था भने तनावग्रस्त छ भने यातायातका साधनहरु पनि राम्रोसँग चल्न सकेका छैनन्

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban