

हेटौँडा,९ पुस
हेटौँडा– काठमाण्डौँ सुरुङमार्गको नाउँमा जनतालाई ठग्ने काम भएको बताईएको छ । हेटौँडा– काठमाण्डौँ सुरुङमार्गको विषयमा कुरा उठाउँदै आएका समाजसेवी तथा कांग्रेस मकवानपुरका नेता भीमसेन महतले पत्रकार सम्मेलनको आयोजना गरि नेपाल पुर्वाधार विकास कम्पनीले जनतालाई ठग्ने काम गरेको बताए ।
कम्पनीले आफ्नो कार्यलय स्थापना गर्दाबाटनै जनतालाई ठग्ने काम गरेको भन्दै उनले तत्कालिन नेपाल पुर्वाधार विकास कम्पनीले भ्रष्ट्राचार गरेको आरोप समेत लगाए ।
हेटौँडा– काठमाण्डौँ सुरुङमार्ग निर्माणको डिपिआर निर्माण गर्दाबाटै भ्रष्ट्राचार भएको भन्दै उनले भ्रष्ट्रचारमा संलग्न भएको एनपिविसिएलका तत्कालिन अध्यक्ष कुशकुमार जोशी सहितलाई कारबाहीको माग समेत गरेका छन् ।
सुरुङमार्गको कुल लगानी ३५ अर्ब हुने जनाईएकोमा २० प्रतिशतले हुन आउने ७ अर्ब रकम शेयरधनीबाट लगानी हुनुपथ्र्यो तर कम्पनीले त्यसो नगरेको महतको आरोप छ । त्यति मात्र नभई साधारण शेयर आह्वान गर्न सर्वप्रथम कुल लागतको २० प्रतिशत रकम संस्थापक शेयर धनीबाट लगानी, दोश्रो विस्तृत संभाव्यता अध्ययनको अनुमति, तेश्रो संभाव्यता अध्ययनको विवरण नेपाल सरकारबाट पास, चौथो निर्माण कार्य योजनाको पास, पाँचौं धितोपत्र बोर्डबाट स्वीकृत, छैठौं नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त हुनुपर्नेमा विस्तृत संभाव्यता अध्ययनको अनुमति र विवरणको पास बाहेक अन्य कुनै पनि प्रक्रिया पास नगरिएको जनाईएको छ ।





Write your Comment