बाराको करैयामाइमा आगो ताप्ने क्रममा एक महिलाको जलेर मृत्यु

रातोघर

 २०७६ पौष १३, आईतबार  मा प्रकाशित
९४८ पाठक संख्या


बारा 

 

कठ्यांग्रिदो जाडोसँगै आगो ताप्ने क्रममा जलेर गम्भिर भाइते भएकी एक वृद्धा महिलाको हिजो उपचारको क्रममा मृत्यु भएको छ ।

बाराको करैयामाई गाँउपालिका वडा नम्बर २ निवासी ७५ बर्षिया जोखनी देवी चमईनको गत पुस ८ गते आफनै घर अगाडी जाडोमा घुर ताप्ने क्रममा अचानक कपडामा आगोले टिपेपछि जलेर गम्भिर घाइते भएको र बृद्ध महिलाको उपचारको क्रममा हिजो  बिहान कलैया अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक बिकासराज खनालले जानकारी दिनुभयो ।

विगत केही समय यता तराईका जिल्लाहरुमा कठ्यांग्रिदो जाडो र शितलहर बढेसंगै दलित बस्तीहरुमा घुर तापेर बस्ने क्रम बढेको छ ।

आगो ताप्ने क्रममा असावधानीका कारण ज्यान जान सक्ने भएको हुँदा यस तर्फ सर्वसाधारणलाई सचेत हुन प्रहरी उपरिक्षक खनालले आग्रह गर्नुभयो

Expresssamachar

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban