किन सार्न खोजियो सिमरा मालपोत ?,कार्यालय प्रमुख आचार्यमाथी खनिए जनप्रतिनिधि (भिडियो सहित)

रातोघर

 २०७६ पौष १३, आईतबार  मा प्रकाशित
९६४ पाठक संख्या


सिमरा, १३ पुस ।

बाराको सिमरा स्थित बजनीमा रहेको मालपोत कार्यालय सार्न खोजीएको भन्ने सुनेर कार्यालय पुगेका नगरका जनप्रतिनिधि कार्यालय प्रमुख यादव आचार्य माथी आक्रोसित बनेका छन् ।

केही समयअघि मात्रै कलैयाबाट सेवा बिस्तारका क्रममा सिमराको बजनीमा रातारात कार्यालयका श्रेस्ता यहाँ ल्याइएको थियो । पहिलो पटक कार्यालय प्रमुख बनेर आएका मदन गुप्ता अबैध असुली र राजश्व छलीमा लागेपछी अहिले अख्तियारको फन्दामा जेल जिवन भोगिरहेका छन् ।

त्यसपछी आएका यादव आचार्यले पनी आर्थिक प्रलोभन र राजनैतिक शक्तिको आडका कार्यालय नै सार्न खोजेको जनप्रतिनिधिको अरोप छ ।

 

सिमरा मालपोत कार्यालयका कार्यालय प्रमुख यादव आचार्य ।

अहिले सिमरामा रहेको मालपोत र नापी कार्यालयले भाडाका घरमा बसेर सेवा दिइरहेको छ । स्थाई संरचना निर्माणका लागी बिभागमा पहल भइरहेको र कार्यालयको नाममा जग्गा ब्यवस्थापन हुन सके कार्यालय भवन निर्माणका लागी बजेट आउन सक्ने बिभागको आश्वासन रहेको आचार्यको भनाई छ ।
तर आचार्यले जनप्रतिनिधि र स्थानियको सहकार्य बिनै कार्यालय सार्न खोजिएको प्रति जनप्रतिनिधि आक्रोसित बनेका हुन् ।

के हो बिवाद ?

जीतपुरसिमराको ३ नम्बर वडा बजनीमा मालपोत र नापी कार्यालयको सेवा शुरु हुनपुर्व सेवा कार्यालय कहाँ राख्ने भन्ने नै बिवाद चरम उत्कर्षमा थियो । जनप्रतिनिधि र स्थानियको समझदारीमा सबैलाई पायक पर्ने गरी हाइवेबाट ३ सय मिटर भित्र पर्नेगरी जीतपुर र सिमराको बिचमा पर्ने बजनीमा सेवा कार्यालय राख्न सहमती भएको थियो ।

अहिले भाडामा बसेको दुबै कार्यालयले स्थाई संरचनाका लागी जग्गा प्राप्तीको लागी खोजी गरिहेको थियो । बजनीका स्थानियले समेत वडा नम्बर ३ मै रहेको बिभिन्न नम्बरी जग्गा दान गर्न आएकामाथी आचार्यले ब्यक्तिगत फाइदाको मनसायले आएको जग्गा भन्दै दर्ता गर्न मानेको थिएनन् ।
तर, जीतपुरसिमरा ४ नम्बर वडामा रहेको एक बिवादित जग्गामा उनले कार्यालय सार्न बिभागमा पहल गरिरहेको भन्ने सुनेपछी आज जीतपुरसिमराका दर्जनबढी वडा अध्यक्ष, जनप्रनिधि र स्थानियहरु यादवको कार्यकक्ष पुगेर बिभागमा पेस गर्न खोजिएको काजगपत्र मागेका हुन् ।

 

जग्गा प्राप्त गर्न प्रमुख आचार्यले बिभागलाई पठाउन तयार पारेको पत्र ।

जीतपुरसिमरा ४ , साबिकको गाबिस पिप्रा सिमरा वडा नम्बर ४ क मा रहेको कित्ता नम्बर १६४ को ज.वि. १५ कठ्ठा मध्ये नापी र मालपोत कार्यालको लागी भन्दै ८ कठ्ठा जग्गालाई पुरानो श्रेस्ता दाखिला खारेजी गरी कार्यालयको नाममा ल्याउन विभागमार्फत भुमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयमा आचार्यले सिफारिस गर्न पत्र तयार पारेका हुन् । यसअघि ४ नम्बर वडामा रहेको सो जग्गा प्राप्ती गर्न ४ को कार्यालयबाट सिफारिस समेत माग गरिसकेका थिए ।

 

मालपोत कार्यालय सिमराले ४ नम्बर वडा कार्यालयबाट माग गरेको सिफारिस पत्र ।

सार्वजनिक भनिएको सो बिवादित जग्गा मध्ये ८ कठ्ठा कार्यालयको नाममा र बाँकी जग्गालाई वैधता कायम गरी आर्थिक लाभ आर्जन गर्न खोजेको जनप्रनिधिको आरोप छ । तर सो जग्गाको सर्वोच्च अदालतले ब्यक्तिको नाममा कायम गरिदिन फैसला गरिसकेको छ ।
सर्वोच्चको निर्णयलाई कार्यान्वयन गराउन प्रमुख आचार्यले वार्गेनिङ्ग गरी प्रलोभनमा परेको आरोप छ । यस्तै कार्यालय औराहा स्थानान्तरण गर्न सो क्षेत्र नजिकै बिघौँ बिगाहमा गरिएको जग्गा प्लटिङ्गवालाहरुले समेत राजनैतिक आडमा आचार्यलाई दवाब दिइरहेको समेत केही स्थानिय र जनप्रतिनिधिको आरोप छ ।

निर्णयमा पछि हटे आचार्य

जनप्रतिनिधिको ठुलो बिरोधपछी कार्यालय प्रमुख आचार्यले सो कार्यलाई अघि नबढाउन लिखित प्रतिबद्धता जनाएका छन् । जीतपुरसिमरा , वडा नम्बर १ का अध्यक्ष कान्छा गुरुङ्ग, ३ का अध्यक्ष जगन्नाथ घिमिरे, वडा नम्बर ७ का अध्यक्ष रामबाबु गुप्ता, वडा नम्बर ६ का अध्यक्ष कयामुदिन अँसारी लगाएतका वडा अध्यक्षहरुले सिफारिस फिर्ता लिने वा कार्यालय प्रमुखको जिम्मेवारीबाट बिदा लिनुपर्ने भन्ने दबाब श्रृजना गरेपछी आचार्यले सो जग्गा प्राप्तीको पहल नगर्ने र वडा नम्बर ३ कै सेरोफेरोमा एैलानी वा नम्बरी जग्गा प्राप्त गरी स्थाई संरचनाको लागी पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैगरी उनले जनप्रतिनिधिको रहोबर र परामर्श बिना मालपोत र नापी कार्यालयका लागी जग्गा प्राप्ती गर्न खोजेकोमा गल्ती भएको स्विकार गरेका छन् ।
(भिडियो)

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban