‘स्वागत समारोह’ को सम्पुर्ण तयारी पुरा,जाऊ है अमलेखगञ्ज

रातोघर

 १५ पुष २०७६, मंगलवार २०:२१  मा प्रकाशित
२१०८ पाठक संख्या



अमलेखगञ्ज

बाराको पर्यटकीय नगरी अमलेखगञ्जमा भोलि हुन लागेको नेपाल भ्रमण २०२० को स्वागत समारोहको सम्पुर्ण तयारी पुरा भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ ले आयोजना गरेको स्वागत समारोहको सम्पुर्ण तयारी पुरा भएको हो । स्वागत समारोहको भोलि बिहान १० बजे एक कार्यक्रमकाबिच उद्घाटन गर्ने कार्यक्रम छ । अमलेखगञ्जको हात्तिसारस्थित पिकनिक स्पोर्टमा हुने कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाउन वडा अध्यक्ष कृष्ण ठकुरीले आह्वान गर्नुभयो । अमलेखगञ्जमा रहेका बिभिन्न संघ संस्थासंगको सहकार्यमा हुन लागेको स्वागत समारोहमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाउनेछन् ।

यस्तो छ भोलिको कार्यक्रम

भ्रमण बर्ष २०२० लाई सफल पारौ, पर्यटन प्रवद्र्धन गरौ
भ्रमण बर्ष २०२० को अवसरमा आयोजित स्वागत समारोह
स्थान ः हात्तिसार पिक्निक स्पोर्ट, अमलेखगञ्ज
बिहान १० बजे स् उद्घाटन कार्यक्रम
बिहान ११ बजे ः अमलेखगञ्जको डकुमेन्ट्रि बिमोचन कार्यक्रम
बिहान ११ः३० बजे ः पर्यटन प्रवद्र्धन सम्बन्धी अन्र्त्क्रिया
दिउसो १२ बजे ः अमलेखगञ्जको गित बिमोचन कार्यक्रम
दिउसो १ बजेदेखि साझ ५ बजेसम्म ः सास्कृतीक कार्यक्रम
(राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती)
नेपाल आईडलकी अस्मिता अधिकारीको प्रस्तुती साथमा गायक विकास पाण्डे, गायक देवेन्द्र कार्कीका साथै स्थानीय कलाकारहरुको बेजोेड प्रस्तुती रहने।।

Write your Comment