‘स्वागत समारोह’ को सम्पुर्ण तयारी पुरा,जाऊ है अमलेखगञ्ज

रातोघर

 २०७६ पौष १५, मंगलबार  मा प्रकाशित
२३६८ पाठक संख्या


अमलेखगञ्ज

बाराको पर्यटकीय नगरी अमलेखगञ्जमा भोलि हुन लागेको नेपाल भ्रमण २०२० को स्वागत समारोहको सम्पुर्ण तयारी पुरा भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ ले आयोजना गरेको स्वागत समारोहको सम्पुर्ण तयारी पुरा भएको हो । स्वागत समारोहको भोलि बिहान १० बजे एक कार्यक्रमकाबिच उद्घाटन गर्ने कार्यक्रम छ । अमलेखगञ्जको हात्तिसारस्थित पिकनिक स्पोर्टमा हुने कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाउन वडा अध्यक्ष कृष्ण ठकुरीले आह्वान गर्नुभयो । अमलेखगञ्जमा रहेका बिभिन्न संघ संस्थासंगको सहकार्यमा हुन लागेको स्वागत समारोहमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाउनेछन् ।

यस्तो छ भोलिको कार्यक्रम

भ्रमण बर्ष २०२० लाई सफल पारौ, पर्यटन प्रवद्र्धन गरौ
भ्रमण बर्ष २०२० को अवसरमा आयोजित स्वागत समारोह
स्थान ः हात्तिसार पिक्निक स्पोर्ट, अमलेखगञ्ज
बिहान १० बजे स् उद्घाटन कार्यक्रम
बिहान ११ बजे ः अमलेखगञ्जको डकुमेन्ट्रि बिमोचन कार्यक्रम
बिहान ११ः३० बजे ः पर्यटन प्रवद्र्धन सम्बन्धी अन्र्त्क्रिया
दिउसो १२ बजे ः अमलेखगञ्जको गित बिमोचन कार्यक्रम
दिउसो १ बजेदेखि साझ ५ बजेसम्म ः सास्कृतीक कार्यक्रम
(राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती)
नेपाल आईडलकी अस्मिता अधिकारीको प्रस्तुती साथमा गायक विकास पाण्डे, गायक देवेन्द्र कार्कीका साथै स्थानीय कलाकारहरुको बेजोेड प्रस्तुती रहने।।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban