

कलैया ।
मौसम परिवर्तनसँगै बढदो चिसोमा गरिव असाहयलाई बस्न लाउन कठिनाई भईरहेकोले नेपाल स्काउट बाराको पहलमा कम्वल वितरण गरिएको छ ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्वर ३ स्थित आफनै भवनमा आयोजना गरिएको कार्यक्रममा वडा २ र ३ का २ सय गरिव असाहय परिवारकालाई कम्वल वितरण गरिएको थियो ।
चिसोमा कम्वल वितरण गरि कसैलाई अकाल मृत्युबाट जोगाउन सकिन्छ भने सहयोग गर्ने संघसँस्थालाई विपत व्यवस्थापन समितिसँग सहकार्य गरि सहयोग गर्न प्रमुख जिल्ला अधिकारी फनिन्द्र मणि पोखरेलले अपिल गरेका छन ।
बढदो चिसोमा हरेक स्थानिय तहमा सँघ सँस्थासँग समन्वय गरेर कम्वल वितरण गरिरहेको प्रहरी उपरिक्षक विकासराज खनालले बताए । मुस्कान सहितको सेवा पिडित सम्म पुर्याउने नै हाम्रो लक्ष्य रहेको उनले भने । बढदो चिसोमा कम्वल विना अव कसैले अकालमा ज्यान गुमाउनु नपर्ने प्रहरी उपरिक्षक खनालले बताए ।
कम्वल वितरण गर्दै नेपाल स्काउट बाराका आयुक्त भरत साहले हामी देखावटि, आफना आसेपासे का लागि हैन कि असल पिडित परिवारको पहिचान गरि २ सय कम्वल वितरण गरेको बताएका छन ।
सँस्थाको सानो सहयोगले गरिव चिसोमा कठयाग्रिएर मर्नबाट बचाउनु मानविय कार्य सराहनिय रहेको वडाध्यक्ष जलाउदिन मंसुरले जानकारी गराएका छन ।
सहकार्य नेपाल स्काउट काठमान्डौकोे सहकार्यमा छाया नेपाल तथा समुदाय प्रहरी साझेदारी अन्तर्गत लैगिंक हिसा नियन्त्रण समिति संजाल काठमन्डौलाई कम्वल वितरण गर्न नेपाल स्काउट कलैयाले कार्यक्रमका आयोजना गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेल, प्रहरी उपरिक्षक विकास राज खनाल, सस्त्र प्रहरी उपरिक्षक दिग्विजय सुवेदि, नेपाल स्काउट बाराका आयुक्त भरत साह नेपाल स्काउट काठमान्डौका जिल्ला संगठन आयुक्त रंजनलाल श्रेष्ठ, छाया नेपालका कार्यकारी निर्देशक कमल थापा, सावित्रि शर्मा, ३ का वडाध्यक्ष जलाउदिन मंसुर २ का राजेश मण्डल लगायतको सहभागिता रहेको थियो ।





Write your Comment