

सिमरा :
बारामा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ।
बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं. ८ कोतवाली टोल बस्ने दुखा साह कानुको ज्यान गएको हो ।
मंगलबार बिहान आफ्नै बारीमा मोटरबाट पानी तान्ने क्रममा कानुको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
मृतकको शवलाई पोष्टमार्टमको लागि कलैया अस्पतालमा राखिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
Barakhabar





Write your Comment