वडा अध्यक्ष भारतमा मृत फेला

रातोघर

 १ माघ २०७६, बुधबार २०:१०  मा प्रकाशित
२३९ पाठक संख्या



बाँके।

कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचस्थित एउटा होटलमा मृत अवस्थामा फेला परेका छन् ।

वडा अध्यक्ष खड्का मृत अवस्थामा फेला परेको सूचना पाएपछि विद्यार्थी नेता तथा प्रदेश कमिटीका सदस्य नरेन्द्र न्यौपानेको नेतृत्वको टोली भारत गएको छ ।

नेकपाका बाँके अध्यक्ष आईपी खरेलका अनुसार खड्काले आत्महत्या गरेको प्रारम्भीक जानकारी भारतीय प्रहरीले नेपाली सुरक्षा निकायलाई गराएको छ । उनी सुर्खेत जान्छु भनेर घरबाट हिँडेको परिवारका सदस्यले जानकारी दिएको खरेलले बताए ।

Write your Comment