वडा अध्यक्ष भारतमा मृत फेला

रातोघर

 २०७६ माघ १, बुधबार  मा प्रकाशित
३२६ पाठक संख्या


बाँके।

कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचस्थित एउटा होटलमा मृत अवस्थामा फेला परेका छन् ।

वडा अध्यक्ष खड्का मृत अवस्थामा फेला परेको सूचना पाएपछि विद्यार्थी नेता तथा प्रदेश कमिटीका सदस्य नरेन्द्र न्यौपानेको नेतृत्वको टोली भारत गएको छ ।

नेकपाका बाँके अध्यक्ष आईपी खरेलका अनुसार खड्काले आत्महत्या गरेको प्रारम्भीक जानकारी भारतीय प्रहरीले नेपाली सुरक्षा निकायलाई गराएको छ । उनी सुर्खेत जान्छु भनेर घरबाट हिँडेको परिवारका सदस्यले जानकारी दिएको खरेलले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban