परोपकारी युवा संजालद्धारा जीतपुरसिमरामा कम्बल बितरण

रातोघर

 २०७६ माघ १, बुधबार  मा प्रकाशित
४११ पाठक संख्या


सिमरा ।

बिपन्न परिवारलाई लक्षित गरेर न्यानो लुगा बितरण अभियान अन्तर्गत बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका ९ र १० का ४२ बिपन्न परिवारलाई कम्बल बितरण गरिएको छ ।

परोपकारी युवा संजाल नेपाल बाराका संयोजक रमेश सापकोटाको नेतृत्वमा बितरण गरिएको कार्यक्रममा सन्जु प्रसाद सिग्देल, नवराज श्रेष्ठ, सरोज कुमार लामिछाने, सुरेन्द्र राउत, तिर्थ प्याकुरेल, भगवती फुयाल, युबराज भन्डारी, सन्जय चौधरी,मनोज पुरी लगायतको उपस्थिति थियोे ।

परोपकारीले सामाजिक संजाल मार्फत रकम संकलन गरी कम्बल बितरण गरेको हो । देशमा सामाजिक संजालको चरम दुरुपयोग भइरहका बेला परोपकारीका यी युवा संजालले भने समुदायमा उदाहरणीय कार्य गरेका हुन ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban