बहिनी पर सरेको दिन…

रातोघर

 २०७६ माघ ३, शुक्रबार  मा प्रकाशित
३३१ पाठक संख्या


त्यो दिन साँझ परिसकेको थियो ,
बहिनीको रुँदै गरेकोआवाज सुने,
केही बेरमाआमा भन्छिन् तँ त अब पर सरिस् ,
मैले त्यस दिन साँझ पख बहिनीका आँखामा रोदन ,
शरीरमा पिडा र मनमा डर झलक्क देखेँ।

हुन त म घरको जेठो छोरो हुँ
तर, जुन समाजमा बोक्सीको आरोपमा एउटी निर्दोष महिलालाई दिशा खुवाइन्छ ,
जुन समाजमा नारीलाई दोस्रो दर्जामा राखिन्छ ,
म मेरो पिर लाग्दो परम्परा र प्राकृतिक गुणका अगाडी…
मैले आफुलाई नै लाचार महशुस गरेँ ।

आज दुई दिन भइसक्दा पनि,
बहिनी चर्पी नजिक बनाइएको सानो टहरोमा बस्दैआएकी छिन्,
उनी हाँस्न खोज्छिन् तर हाँस्न सक्दिनन्,
उनी बोल्न खोज्छिन् तर बोल्न सक्दिनन् ,
आज रगत बगिरहँदा मानवरुपी दानवहरुका हेर्ने दृष्टिकोणहरु पेचीला भएका छन् ।
प्रत्येक चोटी आफुलाई दुस्ख र असहजता महशुस हुँदाआफ्नै ञ् घरपरिवार पनिआफ्नै बिरुद्धमा भएका छ्न् ।
नेपाली दिदिबहिनी अखबारमा नछापिनुपर्ने घटना र बहसका मुद्दा बनेकी छन् ।

अरु दिन उनी घर सजाउँछिन्,
छोरी र बुहारीको रुपमा घरको काम पनि सघाउँछिन्
तर, हरेक महिनाका ६ दिन अँध्यारो र अन्धकारको कालकोठरिमा बिताउँछिन् ।
उनी पुर्व मेचीका गाउँहरुमा पनि छिन्
उनी पश्चिमको कञ्चनपुरसम्म पनि छिन्
उनी देशका कुना-कुनामा छिन् तर उनी आवाज बिहिन छिन् ।
सधैं झैँ हामीहरुले खाना खाने भाँडाहरु पनि फरक छन्,
कसैलाई पनि नछुनु पर्ने समाजको खोक्रो नियममा आमा पनि बाँधिएकी छिन्, खै !
यहाँ मान्छेले मान्छेलाई बुझ्न सकेन न्यात !
धमनीभित्र बग्ने रातो रगत सरी,
रजस्वलाको प्रक्रियालाई बुझ्न सकेनन्।
सम्झिँदा अचम्म र उराठ लाग्छ२०५०……
धेरै बर्ष बितिसक्दा हिजोआज चर्पी नजिक बनाइएको सानो टहरो त छैन,
तर कथा भने…

भनी नसक्दा र अनगिन्ती छ्न् ।
आज ज्ञान त बढी सक्यो तर व्यवहार भने जस्ताको त्यस्तै छन् ।
आज बहिनी डराएकी त छैनन्,
तर बिडम्बना मनभित्र त्राश २०५० जत्तिकै ताजा छ्न्।
उनी परालका त्यान्द्रामा सुतेकी छिन्, प्रत्येक दिन कहाली लाग्दा छन्,
रात अन्धकारमा बितेका छन्,
तर पनि दिदी भन्छिन्
२/४ दिनको कुरा त हो भाई सब ठिक भइ हाल्छ त चिन्ता नगर,
मनभित्र थुप्रै आशा र त्यो थाकेको शरिरभित्र दिदी पनि गुमनाम छिन् ।
उनी जन्मदिने आमाका रुपमा पनि छिन् ।
उनी दिदीबहिनीको गहिरो सम्बन्धमा पनि छिन्।
उनी सच्चा जीवनसाथीको व्यवहारिक-प्रतिबिम्बमा पनि छिन्।
तर उनी हरेक सामाजिक अत्याचारमा मुछिने निर्दोष अभियुक्त पनि बन्न पुगेकी छिन् ।
उनी आफ्नो स्वतन्त्रताका लागि गौतमबुद्धको देशमा शान्ति र न्याय खोज्दै छिन्,
उनी आफ्नो अधिकारका लागि आफ्नै परम्परा र संस्कृतिसँग संघर्ष गर्दै छिन्,
उनी आफ्नो निर्दोष चरित्रका लागि झुठलाई पनि आत्मसात गर्दै छिन्।
तिमीले खाने मिठो भातको गासमा महिलाको साथ छ,
तिमीले चिटिक्क भएर लगाउने लुगाका दाग नुनिला
आसुँले हरदिन धोएकी छिन् ।

तर, पनि आफूलाई पानी खाने मन लाग्दा,
हरदम बगिरहने धाराको पानी पनि मागेर खाएकी छिन् ।
तिमीले कराउने राक्षसी आवाजलाई पनि सहेर बसेकी छिन् ।
तिमीले गरेको घृणित घरेलुहिंसा र जघन्य पाप निरन्तर भोगेकी छिन्,
तिमीले पटक पटक गल्ती गरिरहँदा आफ्नै सम्झी माफ पनि गरेकी छिन्,
तर, अन्यायका बिरुद्ध आवाज उठाउँदा बुझ पचाउने बुद्धिजिवीका लज्जित शब्दहरुको नमिठो सिकार पनि बनेकी छिन् ।

आज गाउँ सहरमा बदलिएका छन्,
हामीहरुले हिड्ने साँघुरा बाटाहरु फराकिला भएकाछन्,
तर, घरमा छोरी जन्मिदा (बा) अझै नि निराश छन् ।
आखिर कहिलेसम्म सामाजिक कुरीतीको भुमरीमा निर्दोष नेपाली बहिनीहरु पिल्सिरहने छिन् ?
यी प्रश्नको उत्तर मेरा गाउँ, टोल, सहर, समाजले कहिले दिन सक्छन् ?
आज यो भन्दै गर्दा मेरा शब्दहरु पनि आत्तिएका छन् ।

न्याथन रायन

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban