बाख्रालाई जोगाउन खोज्दा जन्तीबस पल्टियो, २ को मृत्यु

रातोघर

 ४ माघ २०७६, शनिबार २२:२१  मा प्रकाशित
२२६ पाठक संख्या



सिरहा । पूर्व–पश्चिम लोकमार्ग अन्तरर्गत सिरहको गोलबजार नगरपालिका– ७ स्थित चोहरबामा भएको ट्याक्टर दुर्घटनामा २ को ज्यान गएको छ । उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् ।

धनगढीमाई नगरपालिकाबाट कर्जन्हा नगरपालिकाको लागि जन्ती जाँदै गरेको स १ त ६५६० नम्वरको डिजे (साउण्ड सिष्टम) र जेनेरेटर बोकेको ट्याक्टर बाख्रालाई जोगाउँने क्रममा पल्टिदा लहान नगरपालिका – १३ का २२ वर्षीय सन्तोष यादव र धनगढीमाई नगरपालिका–१२ का २० वषीय श्रीप्रशाद माण्डलको मृत्यु भएको हो ।

तीव्र गतिमा रहको ट्याक्टरले बाटो काट्दै गरेको बाख्रालाई जोगाउन खोज्दा पछाडिको ट्रली पल्टिएको थियो । दुर्घटनामा घाइते भएकाहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

उनीहरुको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख खगेन्द्र एक्तानले जानकारी दिए । मृत्यक दुवै जनाको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको छ ।

Write your Comment