नवजनजागृति युवा क्लबको १२औँ वार्षिक साधारणसभा सम्पन्न

रातोघर

 ५ माघ २०७६, आईतवार २०:२४  मा प्रकाशित
२९९ पाठक संख्या



सिमरा:
बाराको सिमरास्थित नव जन जागृति युवा क्लबको १२औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
मोफसलका प्रतिष्ठीत फुटबल प्रतियोगीतामध्येको एक सिमरा गोल्डकप आयोजनासँगै यस क्षेत्रबाट देशका लागि दक्ष खेलाडी समेत उत्पादन गर्दे आएको क्लबको १२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्माले सिमरा गोल्डकपको एक दशकको यात्राले सिमरालाई फूटवलको उर्वर भूमिको रुपमा स्थापित गर्न सफल भएको बताएका छन् ।

औद्योगिक करिडोर क्षेत्र र शहरोन्मुख सिमरामा फूटवलको सम्भावना देखेर गोल्डकपको आयोजना सुरु गर्नु सुखद पक्ष रहेको भन्दै बिश्वकर्माले फूटवलको बिकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. पौडेलले सिमराकै पहिचानको रुपमा स्थापित भएको सिमरा गोल्डकपको निरन्तरता र क्लबको भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन उपमहानगर सकारात्मक रहेको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य सिता गुरुङ र शोभा लामा, क्लबका संरक्षक तथा पूर्वसभासद जयराम दहाललगायतले मन्तब्य राखेका थिए । सिमरा गोल्डकपको दशौं संस्करण सम्पन्न गरेको क्लबले ११औं संस्करण चैत्रमा आयोजना भएको छ ।
यसैबिच क्लबले १२ओँ वार्षिक साधारणसभाका अवसरमा यु–१५ राष्ट्रिय फूटवल खेलाडी मोहित गुरुङलाई नगदसहित सम्मान गरेको छ । सिमरा घर भएका खेलाडी गुरुङलाई नगद १५ हजारसहित सम्मान गरिएको हो ।
प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, सिता गुरुङ, शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल र क्लबका अध्यक्ष कासिम मियाले खेलाडी गुरुङलाई सम्मान गरेका थिए । क्लबले सञ्चालन गरेको सिमरा एकेडेमीका उत्पादन गुरुङ पछिल्लो समय देशको १५ वर्ष मुनिको टोलीबाट फूटवल खेलिरहेका छन् । गत असोजमा जोर्डनमा सम्पन्न एएफसी यु–१६ च्यम्पियनशिप छनोटमा गुरुङले श्रीलंकाविरुद्ध एक गोल गरेका थिए ।
सिमरा एकेडेमीबाट उत्पादन भएका अन्य खेलाडीहरु विभिन्न बि डिभिजनको क्लबमा आवद्ध छन् ।
उत्कृष्ट खेल प्रदर्शन गरेकै कारण राष्ट्रिय टिममा पर्न सफल गुरुङले सिमराको गौरवलाई उचाईमा लगेको भन्दै क्लबले सम्मान गरेको अध्यक्ष मियाले बताएका छन् । मियाले सिमरालाई फूटवल हबको रुपमा बिकास गर्न सबै क्षेत्रबाट सहयोगको अपेक्षा समेत आफूले राखेको बताए ।

Write your Comment