

५ माघ, चितवन ।
टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ । जिल्ला अदालत चितवन फैसला सुनाउँदै लामिछाने र कँडेललाई सफाई दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले प्राप्त प्रमाणका आधारमा पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भन्नेबारेमा कुनै संलग्नता नदेखिएको भन्दै उनीहरुलाई सफाई दिएको छ । गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको थियो ।
यस अघि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।





Write your Comment