

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेकी प्रहरी जवान रमीता श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको भन्दै गायिका आस्थाले सामाजिक सञ्जालमार्फत आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि फरक फरक विचार आइरहेका छन्। बुध बारको सो घ’टनाको विषयलाई लिएर मानिसहरुले पक्ष र विपक्षमा विचार व्यक्त गरिरहेका छन् ।जनताको बोल्न पाउने अधिकार खो’स्न नहुने गायिका सुनिता दुलालले बताएकी छिन् । लो’कतान्त्रिक देशमा नागरिकको बोल्न पाउने अधिकार कु’न्ठित गर्न नहुनेमा उनको जोड छ । “गल्ति मानिसबाटै हुन्छ ।
सबै मानिसको एउटै स्वभाव हुँदैन कसैले अत्याचार सहन्छ भने कोही त्यस बिरूद्धमा खरो उ’त्रिन्छ,” उनले गायिका आस्था राउत बि’रुद्ध प्रहरीको क’दमको बिरोध गर्दै फेसबुकमा लेख्छिन्, “लो’कतान्त्रिक गणतन्त्र आएको देशमा जनताले बोल्न पाउने अधिकार छ ।अगाडि लेख्छिनः अत्याचार परेको बेला म पनि बोल्छु । मान्छे मा’रेको होइन । रिसको आ’बेगमा आस्थाको बोलीमा केही शब्द चयन गलत भएकै हो । तर उहाँ आफैंले त्यसलाई फिल गरेर माफी मागिसकेको अवस्थामा बोल्दैमा अपराधिक चित्रण गरी गायिका आस्था राउतलाई पक्राउ पूर्जी तय गर्नु निन्दनीय छ ।”
उनले बोल्न पाउने अधिकार हनन् गर्दै फेरी निरङ्कुशता नै लाद्न खोजेको हो ? प्रश्न गर्दै लेखेकी छिन्, “गल्ति दुबैबाट देखिन्छ दुबैको छा’नबिन हुन जरूरी छ । सानो तिनो कुरालाई गल्ति पहिल्याई पछि लाग्नुभन्दा ठूलठुला अ’पराधिक काम गर्नेलाई का’र्बाहीको दायरामा ल्याउनुस् । छोरी कुटेर बुहारी त’ह लगाउने काम नगर्नुस् ।”“आशालाग्दा ठूलठुला नेताहरूले पनि अन्तर्वार्ता दिने क्रममा स्टुडियो भित्रै पत्रकार र जनतामाथि धेरै अपमानजनक शब्द बोल्दा खोई त पक्राउ पूर्जी ? का’नुन सबैको लागि बनेको होइन ?” सुनिता अगाडि लेख्छिन्, “अ’न्याय र अ’त्याचार बि’रुद्ध बोल्ने पाउने अधिकार छ ।
साधारण आवेशमा भएको गल्तिमा यो सम्मको निर्णय गर्नु आ’पत्तिजनक छ ।”विहीबार काठमाडौंबाट भद्रपुर जाने क्रममा त्रिभुवन विमानस्थलमा सु’रक्षा जाँचका क्रममा आस्था र प्रहरीबीच भएको वि’वादमा प्रहरीले आस्थाको ग’ल्ती देखाउँदै पक्राउ पु’र्जी जा’री गरेको छ । सीसीटीभी फुटेजमा आस्थाको ग’ल्ती देखिएको भन्दै प्रहरीले पक्राउ पुर्’जी जा’री गरेको हो ।





Write your Comment