सेवा शुल्कबाट ५२ करोड बढी राजस्व संकलन

रातोघर

 २०७६ माघ १०, शुक्रबार  मा प्रकाशित
३८० पाठक संख्या


धनगढी ।।सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न सेवा शुल्कबाट ५२ करोडबढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा लक्ष्यनुसार राजस्व संकलन गर्न नसकेको प्रदेश सरकारले यस वर्ष १३ करोड वृद्धि गरी राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षमा ८८ करोड ६४ लाख ७२ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको राजस्व संकलन विवरणनुसार पुससम्ममा ५२ करोड ७५ लाख ८८ हजार राजस्व संकलन गरेको जनाएको छ ।
मन्त्रालयले सवारीसाधन, घरजग्गा रजिस्टे«सन, कृषि आयकर, मनोरञ्जन, विज्ञापन, प्राकृतिक स्रोत कर, सेवा शुल्क दस्तुर, दण्ड जरिमाना, अन्य प्रशासनिक शुल्कलगायतबाट राजस्व संकलन गर्ने वार्षिक लक्ष्य लिएको छ ।

आर्थिक मन्त्रालयले चालू आवको ६ महिनामा सवारीसाधन कर, घरजग्गा रजिस्ट्रेसन शुल्क, प्राकृतिक स्रोत कर, सेवा शुल्क दस्तुर, दण्ड जरिमाना र अन्य प्रशासनिक शुल्कतर्फ मात्र राजस्व संकलन गरेको छ ।

मनोरञ्जन, कृषि आय, अन्य प्रशासनिक, अन्य करको स्थानीय तहले संकलन गरिरहेको भए पनि तथ्यांक मन्त्रालयमा नआइपुगेको मन्त्रालयका लेखा अधिकृत शिवराज ओझाले बताए ।

मन्त्रालयले दिएको विवरणनुसार कृषिमा आयकर, मनोरञ्जन कर, विज्ञापन कर र रोयल्टी संकलन गर्न सकेको छैन । मन्त्रालयले चालु आर्थिक वर्षमा सवारीसाधनतर्फ ३७ करोड ७७ लाख ८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ६ महिनामा २४ करोड ४४ लाख ६५ हजार असुली गरिसकेको छ ।

यस्तै, चालू आर्थिक वर्षमा घरजग्गा रजिष्ट्रसन शुल्कबापत ३६ करोड २९ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ७ करोड ४ लाख ९ हजार राजस्व संकलन गरेको छ । मन्त्रालयले स्थानीय तहबाट राजस्व बा“डफा“ट भई आएको प्राकृतिक स्रोत कर संकलन गर्ने छ । जसअन्तर्गत सात करोड राजस्व असुल गर्ने लक्ष्य लिएको जनाइएको छ । मन्त्रालयले १३ करोड ९५ लाख १९ हजार राजस्व असुल गरेको उल्लेख गरेको छ, जसमा स्थानीय तहबाट १ करोड २७ लाख २४ हजार आइसकेको जनाइएको छ भने १२ करोड ६७ लाख ९५ हजार आउन बा“की रहेको उल्लेख छ ।

प्रदेश सरकारले ९० लाख सेवा शुल्क दस्तुर असुल गर्ने लक्ष्य लिएकामा ३ करोड ८१ लाख ८० हजार असुल गरिसकेको जनाएको छ । यस्तै, दण्ड जरिमानातर्फ १ लाख ६५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३ करोड ४२ लाख ६९ हजार असुल गरिसकेको जनाएको छ ।
यस्तै, प्रशासनिक शुल्कतर्फ ३५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । मन्त्रालयका अनुसार ६ महिनामा ७ लाख ४६ हजार राजस्व संकलन भएको जनाइएको छ । मन्त्रालयले कृषि आयकरमा १ लाख, मनोरञ्जन करमा १० लाख, विज्ञापन करमा २३ लाख ५५ हजार र रोयल्टीमा ५ करोड ९६ लाख ५५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको तथ्यांकनुसार आव २०७५÷७६ मा ८ अर्ब ६ करोड ३१ लाख ६१ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ६ अर्ब ९२ करोड ४७ लाख ८९ हजार ९ सय २१ राजस्व संकलन गरेको जनाएको छ । प्रदेश सरकारले गत वर्ष पनि विज्ञापन कर, मनोरञ्जन कर असुल गर्न सकेको थिएन ।

आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले चालू आर्थिक वर्षमा राजस्व संकलन सन्तोषजनक रहेको प्रतिक्रिया दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban