टिपरले किचेर मान्छे मारेपछि वीरेन्द्रनगरमा कर्फ्यु

रातोघर

 १४ माघ २०७६, मंगलवार २१:०७  मा प्रकाशित
४३४ पाठक संख्या



सुर्खेत। टिपरले किचेर मान्छे मारेपछि सुर्खेतको वीरेन्द्रनगर मंगलबार दिनभर तनावग्रस्त बनेको छ । बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतमचोक नजिकै टिपरले किचेर एक युवकको मृत्यु भएको थियो । त्यपछि सुरु भएको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको हो ।

भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको थियो । त्यसलगत्तै आफन्तले कर्णाली राजमार्ग बन्द गराएर आन्दोलन सुरु गरेका थिए ।
आन्दोलन उग्र हुँदै गएको भन्दै प्रशासले बेलुका साँढे ६ बजेदेखी भोली बिहान छ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको छ ।

आन्दोलनकारीले कर्णाली राजमार्ग बन्द गराउनुका साथै त्यस आसपास क्षेत्रमा बजारसमेत बन्द गराएका छन् । साथै तोडफोडमा उत्रिएका छन् ।

Write your Comment