हेटौंडाको पर्यटन प्रबर्द्धन गर्न पूर्वाधारमा जोड दिनुपर्छ : राष्ट्रपति भण्डारी

रातोघर

 १४ माघ २०७६, मंगलवार २१:२३  मा प्रकाशित

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौंडामा पर्यटन प्रबर्द्धन गर्नका लागि भौतिक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताएकी छन् ।

शहिद दिवस तथा सहित स्मारकको रजत जयन्तीका अवसरमा नव निर्मित प्रजातान्त्रिक पार्कको अनावरण गर्दै राष्ट्रपति भण्डारी पर्यटन प्रवद्र्धनमा प्रदेश सरकार लाग्ने विश्वास व्यक्त गरिन् । प्रदेश ३ को प्रदेशसभाको वैठकले नाम बागमती राखेकोमा धन्यवाद समेत दिँदै हेटौंडाको सहिदस्मारक सबैको साझा थलोका रुपमा विकास भएको बताइन् । शहिद दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम हुनुनै शहिदप्रति सम्मान भएको राष्ट्रपति भण्डारीले बताइन् ।

लोकतन्त्रको प्रबर्द्धन र सम्बद्र्धन गर्न गुणस्तरिय शिक्षा, स्वास्यमा सुधार गर्न प्रदेश सरकार लाग्नुपर्ने उनले बताइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिशेष कार्यक्रमका बिच हेटौंडाको शहिद स्मारकमा निर्माण गरिएका प्रतिमाहरुको अनावरण गरेकी हुन् । प्रजातान्त्रिक पार्कमा पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, गणेशमान सिंह र मनमोहन अधिकारीको प्रतिमा अनावरण राष्ट्रपति भण्डारीले गरेकी हुन् ।

देशकै महत्वपुर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास भएको हेटौंडाको शहिद स्मारकमा प्रतिमाहरुको अनावरण गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीसंगै विभीन्न देशका राजदुतहरु पनि सहभागी भएका छन् । राजदुतहरुले शहिद स्मारकसंगै, मकवानपुर गढी मुर्ति पार्क (गुम्बाडाँडा) लगायतका मकवानपुरको पर्यटकीय स्थलको अवलोकन गरेका छन् । स्मारकमा राष्ट्रपति आउने भएपछि सुरक्षा व्यावस्था कडा पारिएको छ । मंगलबार बिहानबाट नेपाली सेना, नेपाल प्रहरी स्मारकमा तैनाथ गरिएको थियो ।

बाग्मती प्रदेशको राजधानी हेटौंडामा रहेको पर्यटकिय स्थल सहिद स्मारकमा प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुको प्रतिमा निर्माण गरिएको छ । विभिन्न कालखण्डमा सहिद भएकाको प्रतिमा निर्माण गरिएका गरिएको थियो । स्मारमा प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा निर्माण गरिएको छ ।

शहिद सप्ताहको मंगलबार सातौं कार्यक्रम अन्र्तगत प्रजातान्त्रिक पार्कमा निर्माण गरिएको प्रतिमाको अनावारण गरिएका हो । शहिद स्मारक विकास समितिले करिब डेढ करोड रुपैयाँ खर्चेर शालिक निर्माण गरको स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले जानकारी दिए । यसअघि शहिद स्मारकमा विभिन्न कालखण्डका सम्पूर्ण सहिदलाई एकै थलोमा स्मरण गर्न शहिद स्मृति स्तम्भ निर्माण गरिएको थियो । जसमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएको छ । यो स्तम्भको पनि राष्ट्रपति भण्डारीले अनावरण गरेकी थिइन् ।

स्तम्भ करिब एक करोढ ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको समितिले जनाएको छ । साथै स्मारकमा विभिन्न राष्ट्रभक्तिपूर्ण युद्ध र विभिन्न जनसङ्घर्षमा सहिद भएका धर्मभक्त माथेमा, गंगगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द, हेटौंडाका शहिद प्रभाकर पौडेललगायतको १२ शहिदको २५ टनको एउटै ढुङ्गामा मुहारको प्रतीमा कुँदिएको थियो । २०४६ सालको जनआन्दोलन पश्चात २०४७ साल श्रावण ७ गते उजाड डाँडोमा वृक्षारोपण गरी सहिद स्मृति बाटिका नामाकरण गरिएको थियो ।

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेको सहिद स्मारक देशकै नमुना शहिद केन्द्र बन्न पुगेको छ । यहाँ वार्षिक पाँच लाख बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेको समितिका सचिव राम चन्द्र न्यौपानेले बताए । स्मारकमा यसअघि नै मदन भण्डारीको प्रतिमा निर्माण भइसकेको छ ।

Write your Comment