बाराको प्रसौनिमा नकआउट क्रिकेट प्रतियोगिताको उदघाटन

रातोघर

 १९ माघ २०७६, आईतवार १०:१०  मा प्रकाशित
१८ पाठक संख्या


बारा।।
बारामा नकआउट क्रिकेट प्रतियोगिताको उदघाटन गरिएको छ । प्रसौनि गाउँपालिका वडा नम्वर ४ खुटवाजब्दीमा नकआउट क्रिकेट प्रतियोगिताको उदघाटन गरिएको हो ।

शनिवार चण्डीमाई खेलमैदानमा वडाध्यक्ष आन्नद गुप्ताको बललाई गाउपालिका अध्यक्ष भोला गुप्ताले ब्याटले हिर्काउदै नकआउट क्रिकेट प्रतियोगिताको उटघाटन गरेका थिए ।
गाउपालिका अध्यक्ष गुप्ताले उदघाटन गर्दै खेलले नै ठाउ समाजको विकाश गर्ने गरेकोले गाउपालिकामा खेललाई प्रोत्साहन गरिएको बताए । युवालाई कुलतबाट जोगाउन पनि खेलको अहम भुमिका रहेकोले प्रतियोगिताको आयोजना गरिएको हो ।

त्यस्तै वडा नम्वर ४ का वडाध्यक्ष गुप्ताले गाउँका खेलाडिहरु आफनो प्रतिभा देखाउन मौका नपाई विदेशिने गरेका छन । त्यस्ता होनाहार खेलाडिले आफनो प्रतिभा देखाउन प्रतियोगिताको आयोजना गरिएको हो । स्थानिय लेवलमा खेलाडिको मनोवल बढाई राष्ट्रियस्तरको खेल खेल्न योग्य बनाउन खेलाडि उत्पादन गर्न प्रतियोगिता आयोजना गरेको उनले बताए ।

भलुहि र नेवतन बिच भएको उदघाटन खेलमा भलुहि क्रिकेट क्लव विजयी भएको थियो भने अर्को खेल विरगज र नकटुवा विच भएको खेलमा विरगज क्रिकेट क्लव विजयी भएको थियो ।
प्रतियोगिताको विजयी टिमलाई नगद ३५ हजार र द्धितिय टिमलाई नगद १५ हजार दिईने जानकारी गराईएको छ । मैन अफ दि सिरिज २१ सय तथा बैस्ट ब्याटस्मैनलाई ११ तथा बेष्ट बलरलाई ११ सय दिईने छ ।
उदघाटन प्रतियोगितामा गाउपालिका अध्यक्ष भोला गुप्ता, उपाध्याक्ष गिता साह, वडाध्यक्ष आन्नद कुमार गुप्ता, सुरेश गुप्ता, निप्पु गुप्ता सञ्चारकर्मी प्रवेज आलम लगायतको उपस्थिती रहेको थियो ।

Write your Comment