

हेटौंडा ।।।
खुशी जीवन नेपाल हेटौंडा द्वारा २७ गते सोमबार हेटौंडा वडा नं ४ मा रहेको श्री श्रमिक माध्यमिक विद्यालय का विध्यार्थीहरु लाई न्यानो लुगा स्टेशनरी तथा कपि कलम सामग्री बितरण कार्यक्रम सम्पन्न गरेको हो|

उक्त समाजिक चेतना तथा सहयोग कार्यक्रम मा संस्था कि उपाध्यक्ष सुनिता गहतराज , संस्था का सदस्य संगीता उप्रेती , अनिता धिताल यमुना धिताल , आरभ थापा को पनि ठुलो योगदान रहेको जानकारी संस्था का केन्द्रिय अध्यक्ष महेन्द्र विश्वकर्मा ले दिनु भएको छ ,साथै उक्त कार्यक्रममा खुशी जीवन नेपालका कलाकारहरु ले वडा न.४ का जन प्रतिनिधि वडा सदस्य राजेन्द्र बस्ताकोटि ,वडा न.१ का महिला वडा सदस्य इश्वरी रसाइली , विद्यालय का व्यवस्थापन समिति का अध्यक्ष देवेन्द्र प्रसाद पौडेल र अन्य टोल विकास संस्था का सदस्य , अभिभावक र विध्यार्थी हरु को उपस्थिति मा बाल विवाह बाल श्रम लैङ्िगक हिंसा लागुपदार्थ दुर्व्यसन , पानी बचाउ र वातावरण सरसफाइ जस्ता विषय मा जनचेतनामूलक नाटक पनि प्रस्तुत गरेको जानकारी प्राप्त भएको छ।






Write your Comment