भ्रष्टाचार गर्ने-गराउने दुबै देशका शत्रु : राष्ट्रपति

रातोघर

 २८ माघ २०७६, मंगलवार २२:३३  मा प्रकाशित
२४७ पाठक संख्या



 काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार गर्ने र गराउने दुबै देशका शत्रु रहेको बताएकी छन् । उनले भ्रष्टाचारको स्वरुप र शैलीमा परिवर्तन हुँदै गएको बताउँदै यस्तो प्रवृत्तीलाई निरुत्साहित गर्नुपर्ने आवस्यकतासमेत औंल्याइन् ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवशका अवसरमा हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपतिले उक्त भनाई राखेकी हुन् ।

‘भ्रष्टाचार गर्ने र गराउने दुबै दुबै देशका शत्रु हुन् । भ्रष्टाचारविरुद्ध सामुहिक रुपले ससक्त कदम चाल्नुपर्छ,’ भण्डारीले भनिन् । उनले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर मुलुक हीतमा काम गर्नसमेत आग्रह गरिन् । सार्वजनिक सम्पत्तिको दुरुपयोगले विकासमा अवरोध सिर्जना हुन पुगेको भनाई राष्ट्रपतिको थियो । राष्ट्रसेवक कर्मचारी जवाफदेहि र जिम्मेबार भए मात्रै पनि भ्रष्टाचार नियन्त्रण संभव रहेको पनि उनले बताइन् ।

Write your Comment