१६ वर्षीय किशोरीलाई करणीको आरोपमा ३ जना पक्राउ

रातोघर

 ५ फाल्गुन २०७६, सोमबार २०:५०  मा प्रकाशित
१३८ पाठक संख्या



तिलोत्तमा  –  रुपन्देहीको सम्मरीमाई – ३ की १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पिडितले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरिक्षक चित्रबहादुर घलेले बताउ । गाउमा संचालन भइरहेको महायज्ञको मौका छोपी ३ जना युवाले किशोरीको घर नजिक निर्माणाधिन घरको कोठामा लगी सामुहिक बलात्कार गरेको पिडित किशोरीले बताएको प्रहरीले जनाएको छ ।

घरमा बुवाआमा नभउका बेला झुक्काएर घर बाहिर बोलाई जबरजस्ती करणी गरेको परिवार श्रोतले बतायो ।यस विषयमा आरोपित ३ जना युवा तथा किशोरीको मेडिकल परिक्षणको लागी भैरहवा स्थित भिम अस्पताल पठाईएको प्रहरी निरिक्षक चित्र बहादुर घलेले बताए । पिडितलाई नियन्त्रणमा राखी थप अनुसन्धान भई रहेको छ ।

Write your Comment