कुवेत, बहराइन र अफगानिस्तानमा पनि कोरोनाभाइरस

रातोघर

 १२ फाल्गुन २०७६, सोमबार २१:४२  मा प्रकाशित
२७८ पाठक संख्या



१२ फागुन, काठमाडौ । अफगानिस्तान, कुवेत र बहराइनमा पनि कोरोना संक्रमित बिरामी भेटिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यी तिनै देशमा पहिलोपटक संक्रमित भेटिएका हुन् ।

एएफपीले अफगानिस्तानमा कोरोना भाइरसको पहिलोपटक संक्रमण पुष्टी भएको जनाएको छ । कुवेत र बहराइनमा पनि कोरोना संक्रमण देखिएको रोयटर्सले लेखेको छ । यी तीनै नेपाली कामदारहरु कार्यरत रहेको देश हुन् ।

अफगानिस्तानमा सुरक्षाका लागि जाने कामदार थोरै संख्यामा भएपनि बहराइन र कुवेतमा ठूलो संख्यामा नेपाली कामदार कार्यरत छन् ।

इरानमा कोरोनाकै कारण सोमबारसम्म १२ जनाको मृत्यु भइसकेको इरानी समाचार एजेन्सी आईएसएनले जनाएको छ । ४४ हजार नेपालीहरु रहेको दक्षिण कोरियामा पनि कोरोना तीव्र गतिमा फैलिएको छ । थुप्रै नेपाली विद्यार्थी र कामदार रहेको जापानमा पनि कोरोना भित्रिएपछि त्रासको अवस्था छ ।

चीनमा अझै यसको महामारी नियन्त्रणमा आइसेकको छैन । इटालीमा पनि कोरोना संक्रमणको दर तीव्र भएपछि उच्च सतर्कता अपनाइएको छ ।

Write your Comment